Aricle Tech

अन्नपूर्ण : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउने बताएका छन् । पोखरामा हिजाे आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा उनले सार्वजनिक गरिएको सर्वेक्षणका आधारमा तीन तहको सरकार सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । “सङ्घीयतापछि पनि काम गर्न काठमाडौँ धाउनुपर्ने अवस्था छ”, मन्त्री बस्नेतले भने, “त्यसैले तीनै तहको सहकार्यमा अघि बढौँ भनेर यो कार्यक्रम अघि सारिएको हो ।” मन्त्री बस्नेतले आवश्यकताका आधारमा छिट्टै स्थानीय तहलाई छात्रवृत्ति करारका डाक्टर र स्वास्थ्य सामग्री पठाउने बताए । सोही अवसरमा दुर्गम गाउँको मागअनुसार नयाँ दरबन्दी सिर्जनाका लागि तयारी गरिरहेको उनले सुनाए…

विस्तृतमा...

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्सरे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एमएको एक्सरे मेसिनमा जडान गरी डिजिटल बनाएर आइतबारदेखि प्रयोगमा ल्याइएको जानकारी दिए । ‘५०० एमए रेडियोग्राफीसहितको एक्सरे मेसिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सोको…

विस्तृतमा...

धनगढी : भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ। पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको छ । ९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि पुस ७ गते सोही नाकाबाट आएका एक जना र पुस ५ गते दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

विस्तृतमा...

मुगु: मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनका अनुसार जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए । सोही कारण अहिल्यै पक्रउ परिसकेका २ जनाको नाम भन्न पनि उनले मानेनन् । स्रोतका अनुसार पक्राउ परेकामा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा छिन् । स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन्…

विस्तृतमा...

धनगढी : कोरोना महामारी नियन्त्रणका लागि बनेका संरचना प्रयोगविहीन भएका छन् । सेती प्रादेशिक अस्पतालमा बनेको कोरोना अस्थायी अस्पताल र बडहरामा रहेको होल्डिङ सेन्टर महामारी हटेसँगै प्रयोगमा आएका छैनन् । कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारको लगानीमा सेती प्रादेशिक अस्पतालमा ५० शय्याको अस्थायी अस्पताल निर्माण गरिएको थियो । महामारीका बेला कैयौँ बिरामीको जीवन बचाएको कोरोना अस्थायी अस्पताल आफैँ बिरामी जस्तै भएको छ । अहिले अस्थायी अस्पताल यत्तिकै रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताए । “अहिले कोरोना नरहेकाले अस्पताल यत्तिकै छ,” उनले भने, “अस्पताल खाली रहेकाले त्यसलाई स्टोरका रूपमा उपयोग गरिरहेका छौँ ।” धनगढी उपमहानगरपालिका–३, बडहरामा बनेको एक…

विस्तृतमा...

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।  निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए ।  शिविरमा पाँच सय ९० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । शिविरमा सहभागी ४०० बढीलाई निःशुल्क औषधि तथा एक सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका…

विस्तृतमा...

जेनेभा : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी  जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ । जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र सङ्क्रमण बढेको बताइएको छ । डब्ल्युएचओले चार अर्ब मानिस डेंगीको जोखिममा भएको र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको बताएको छ । डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ…

विस्तृतमा...

काठमाडौं : पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।’ डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ । कोभिड–१९ का नयाँ संक्रमित एक लाख १८ हजार भन्दा बढी अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ । डब्लूएचओले…

विस्तृतमा...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् । शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु– मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान…

विस्तृतमा...

मकवानपुर : मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् । हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला रहेका छन् । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उनका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउछन् । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको…

विस्तृतमा...