जाजरकोट : जाजरकोटमा चिसोका कारण फेरि एक सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।
यसअघि मंसिर १० गते जाजरकोट नलगाडकी २५ वर्षीय सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।