Aricle Tech

बझाङ: बझाङमा आन्तरिक रक्तश्रावका कारण एक गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा केदारस्युँ गाउँपालिका–६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामीको ज्यान गएको हो । उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । रगत दिएर आइसियूमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ । बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो ।

विस्तृतमा...

काठमाडौं : काठमाडौंका विभिन्न प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक ब्याग्स अफ होपले आइतबारदेखि काठमाडौंका प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोलदै ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले यस कार्यक्रममार्फत देशको भावी पुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने उद्देश्य रहेको बताए । सुरुवातमा राजधानीका २० भन्दा बढी प्लस टु कलेजहरुमा यो कार्यक्रम सञ्चालन हुने अध्यक्षले जोशीले बताए । मुनाल एजुकेशन हबले प्रायोजक गरेको कार्यक्रममा विद्यार्थीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । यस कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याएको छ। बीमा बोर्डको शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो। अब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने, एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन:जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने र आकस्मिक सेवाका लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने जस्ता व्यवस्था नयाँ कार्यविधिमा गरिएको छ ।

विस्तृतमा...

बैतडी : संघीय सरकार मातहत रहेको बैतडीको सीमा नाका झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरुले तलब पाएका छैनन् । चालु आर्थिक बर्षको साउन र भदौमा आधा तलब पाएका त्यहाँ कार्यरत कर्मचारीले अहिले सम्म तलब पाएका छैनन् ।  संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत उनीहरुको तलब निकासा गर्ने भएपनि श्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ । झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत रहेका छन् । उनीहरुले समयमै तलब नपाउँदा समस्या भएको बताएका छन् । सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो । अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरुलाई स्वास्थ्य…

विस्तृतमा...

काठमाडाैं- सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने निर्णयविरुद्ध विभिन्न ६ बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन् । उनीहरूले अस्पतालमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको हकहितका लागि अस्पतालको विनियमावली संशोधन गर्नुपर्ने, विनियमावली संशोधन गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरूलाई अनिवार्य सहभागी गराउनुपर्ने माग राखेका छन् । यस्तै, लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूको पूर्ववत् सेवा र सुविधालाई निरन्तरता दिनुपर्ने र स्थायी प्रक्रियामा लैजानुपर्ने माग पनि अघि सारिएको कर्मचारी संघर्ष समितिकी संयोजक जानुका रिजालले बताइन् ।

विस्तृतमा...

काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी) ले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुमाथि अन्याय गरेको भन्दै विरोध गर्ने एक चिकित्सकलाई कारबाही गरेको छ। स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरिएको हो। बिहीकार कलेजले एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ। डा दाहालसहितका आवासीय चिकित्सकहरुले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आइरहेका थिए। विद्यार्थीहरुले शिविरका क्रममा एक छाक मात्र खान दिने, रातभर यात्रा गराएर बिहान सबेरै सयौं बिरामी जाँच गर्न लगाउने, शिविरकै क्रममा एक जना आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत…

विस्तृतमा...

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको छ । नगरले दाँत नभएका नागरिकको पहिचानका लागि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्न कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले बताए। उनका अनुसार समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनौट भएका सबैलाई निःशुल्करुपमा दाँत राखिदिने योजना बनाइएको हो । शिविरबाट लागत अनुमान गरी सोही अनुसार बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । “ज्येष्ठ नागरिकको…

विस्तृतमा...

मुगु : मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाभित्रका उच्च हिमाली बस्ती सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले माथिल्लो करानमा पठनपाठन बन्द गरिएको अध्यक्ष लामाको भनाइ छ । पालिकाले एक महिना जाडो…

विस्तृतमा...

सुर्खेत : कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो । सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि…

विस्तृतमा...

काठमाडौँ : विदेश अध्ययन गर्न जाने नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने भएको छ । नेपाली चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन, तालिम वा काम गर्न विदेश जानेलाई मन्त्रालयबाट सहजीकरणका लागि ‘नेपाल अन्य मुलुकहरुमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरूको लागि पत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०८०’ ल्याएको छ । विदेश जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धी परिषद्मा दर्ता/नवीकरण भएको नेपाली नागरिक हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेको व्यक्तिले छात्रवृत्ति सेवा करा गरेको प्रमाणित पत्र, निवेदक एवं सम्बन्धित देश वा संस्थाले नेपाल सरकारलाई आर्थिक भार नपर्ने विषय खुलाउनु पर्ने लगायत आवश्यक सिफारिस पत्र उपलब्ध गराउने आधारहरु उल्लेख गरिएको छ ।

विस्तृतमा...