काठमाडौं : अब काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा। मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।
बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्द्ध केन्द्रलाई शोध भर्ना गर्ने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए ।