Aricle Tech

काठमाडौं : कतिपय मानिसहरूलाई धेरै चिसो लाग्छ र उनीहरु हरेक समय हिटर अघि नै बिताउने गर्छन्। हिटरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसलाई जलाउँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ। हिटरले चिसोबाट राहत त दिन्छ तर,स्वास्थ्यलाई धेरै किसिमले हानी पनि पुर्‍याउँछ। हिटरबाट हुने हानीहिटरबाट निस्कने हावाले छालालाई धेरै सुख्खा बनाउँछ। हिटरका कारण मानिसमा निद्रा नलाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्या आउन सक्छ। कन्भेन्सन हिटर, हलोजन हिटर र ब्लोअरको अत्याधिक प्रयोगले तपाईलाई बिरामी बनाउन सक्छ। यी हिटरहरूबाट निस्कने रसायनहरू सास लिने माध्यमबाट शरीरमा प्रवेश गर्छ र भित्री भागहरूमा क्षति…

विस्तृतमा...

कैलाली : कैलालीको गोदावरी नगरपालिकाले अघि सारेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएको छ । गत असार ८ गते सम्पन्न भएको दशौँ नगर सभामा नगरपालिकाले आर्थीक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक विद्यालय एक नर्स’को अवधारणा अनुसार विद्यालय नर्स कार्यक्रम सुरु गर्ने जनाएको थियो । चालु आर्थिक वर्षका झण्डै ५ महिनापछि मंसिर अन्तिम हप्तादेखि उक्त कार्यक्रम सञ्चालन भएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । उत्त कार्यक्रमका लागि दरबन्दी सिर्जना गर्ने भनिएपनि नगरपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको संख्या उल्लेख्य भएको हुँदा हालका लागि उनीहरुलाई नै खटाइएको उनले बताए । एक विद्यालयमा एक नर्स आवश्यक…

विस्तृतमा...

जुम्ला : यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए । जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ । आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै…

विस्तृतमा...

डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने बताएका छन् ।  आइतबार डडेल्धुरा अस्पतालको अनुगमन गरेपछि उनले हाल एक सय शय्यामा संचालित अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने बताएका हुन् । साथै उनले अस्पताल तीन सय शय्यामा स्तरोन्नति गर्नका लागि २ करोड बजेटसमेत विनियोजन गरिएको जानकारी दिए । हाल अस्पताललाई स्तरोन्नति गर्न आवश्यक ओएनएमको फाइल अर्थ मन्त्रालयमा रहेको बताउदै उनले त्यो स्वीकृत गरेर अस्पताललाई पाँच सय शय्यामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिए । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचीव रोशन पोखरेलले आगामी ३ वर्षपछि डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएसको अध्यापन सुरुवात हुनेसमेत जानकारी दिए । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयल उपकुलपति…

विस्तृतमा...

काठमाडौँ : कर्मचारीलाई सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको छ । स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको हो ।बोर्डको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसंहिता लागु गरेको हो । दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाइने व्यवस्था बोर्डले गरेको छ ।सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ ।

विस्तृतमा...

बर्दिया : बर्दियामा हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ । बिहीबार बिहानदेखि परेको शीतलहर र हुस्सुले जनजीवन कष्टकर बन्दै गएको हो । हुस्सु लागेको समय भिजिबिलिटी २५ मिटर पनि नहुँदा सवारी साधन निकै कम गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय, बर्दियाले जनाएको छ । सिमसिम पानीजस्तो शीत परेसँगै चिसो हावा चलेको छ । अत्यधिक चिसोले जिल्ला अस्पतालमा निमोनिया, दम, रुघाखोकीलगायतका बिरामीको संख्या बढेको जिल्ला अस्पताल गुलरियाले जनाएको छ । विशेषगरी शिशु, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । अस्पतालमा उपचारका लागि बढीजसो रुघाखोकी र निमोनियाका बालबालिका र ज्येष्ठ नागरिक आउने गरेको बाल रोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताए…

विस्तृतमा...

बझाङ : जिल्ला अस्पताल बझाङ प्रसुती तथा स्त्रीरोग विशेषज्ञविहीन बनेको छ। यस अगाडि अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नवराज जोशीको स्वास्थ्य मन्त्रालयमै काज फिर्ता भएको थियो। उनको त्यसबेला राजनैतिक दबाबका कारण काज फिर्ता गरिएको बताइएको थियो। त्यसबेला उनी एक्ला प्रसुती तथा स्त्रीरोग विशेषज्ञ थिए। अहिले उनको स्थानमा नाक, कान तथा घाँटीका विषेशज्ञ डाक्टर धिरज बिसन्ख आएका छन्। अस्पतालकै तत्कालीन एक्ला प्रसुती तथा स्त्रीरोग विषेशज्ञ जोशीको नै काज फिर्ता भएपछि अस्पतालको सेवा भने प्रभावित बनेको छ। सेवा प्रभावितमात्र होइन, सुत्केरी तथा नवजात शिशुको ज्यानै जानेसम्मका घटना भएका छन्। हालै केही दिन अगाडि अस्पतालमा आएकी एक सुत्केरीको उपचारकै…

विस्तृतमा...

बाँके : अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए । “हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धूम्रपान रहेको पाइन्छ”, डा नेपालले भने, “मुटुरोगबाट जोगिन सावधानी नै उत्तम विकल्प हो ।” मुटुरोग लाग्नेबित्तिकै हृदयघात नहुने भन्दै डा नेपालले मुटुरोगसम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनुपर्ने बताए । लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्ने हो भने बिरामीलाई बचाउन सकिने उनको…

विस्तृतमा...

चितवन : चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए। “एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ”, उनले भने । गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङ्गका प्रमुख कमला हमालले बताए । “बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या…

विस्तृतमा...

काठमाडौँ : नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी प्रशासक कविता अर्यालले स्क्रिनिङ गरिएकामध्ये सात प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिएको जानकारी दिए । उनका अनुसार ललितपुर, पाल्पा, सर्लाही, महोत्तरी र रौतहट जिल्लामा उक्त स्क्रिनिङ गरिएको छ । सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । पाठेघरको क्यान्सर विश्वमा पाँचौँ नम्बरमा र नेपालमा पहिलो नम्बरमा पर्दछ । उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट…

विस्तृतमा...