नेपालगन्ज : गत केही समय यता बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिका उपचारका लागि आउनेक्रम बढेको छ ।
दैनिकजस्तो स्क्रबटाइफसका बिरामी बालबालिकाहरु अस्पतालमा उपचारका लागि आउनेगरेको कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा। रोमा वोराले जानकारी दिए । उनले बालबालिकामा स्क्रबटाइफस देखिन थालेपछि उपचारका लागि अस्पताल आउनेहरु बढ्दैगएको बताए ।
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्ने गर्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ ।
मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा यो रोग सर्ने हुँदा सरसफाइमा विशेष ध्यान दिनुका साथै बालबालिकालाई धेरै ज्वरो आएमा, आँखा रातो भएमा र झाडापखाला लागेमा तत्काल चिकित्सकलाई जँचाउनु पर्ने सुझाव दिइएको छ ।