काठमाडाैं- सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने निर्णयविरुद्ध विभिन्न ६ बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन गरेका हुन् ।
उनीहरूले अस्पतालमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको हकहितका लागि अस्पतालको विनियमावली संशोधन गर्नुपर्ने, विनियमावली संशोधन गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरूलाई अनिवार्य सहभागी गराउनुपर्ने माग राखेका छन् ।
यस्तै, लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूको पूर्ववत् सेवा र सुविधालाई निरन्तरता दिनुपर्ने र स्थायी प्रक्रियामा लैजानुपर्ने माग पनि अघि सारिएको कर्मचारी संघर्ष समितिकी संयोजक जानुका रिजालले बताइन् ।