काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याएको छ। बीमा बोर्डको शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो।
अब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने, एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन:जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने र आकस्मिक सेवाका लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने जस्ता व्यवस्था नयाँ कार्यविधिमा गरिएको छ ।

