Aricle Tech

काठमाडौँ : वीर अस्पतालको खाद्यान्न कटौतीविरुद्धको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ । ३३ वर्ष देखि दिइँदै आएको बिरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गरिएको छ । वीर अस्पतालका बिरामीलाई खाना र खाजासहित अक्सिजनको खर्च कटौती गरिएको भन्दै अधिवक्ता पोखरेलले यही पुस १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाइएको छ । सरकारले आर्थिक वर्ष ०७९/८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्ष ०८०/८१मा ७३ करोड एक लाख मात्र विनियोजन गरेको छ । तर,…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो ।साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ । मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको जनाएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम छ । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावादलगायतका क्षेत्रबाट नेपाल आउनेमा कोरोनाको सङ्क्रमण देखिने गरेको छ ।सङक्रमण…

विस्तृतमा...

इलाम : इलामको माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका-११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् । दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘महिनाअघि नै ठूलोबुबा (दुर्गाप्रसाद) लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको छ ।’ गोपालले दुर्गाप्रसादको थप उपचारका लागि काठमाडौँलगायत…

विस्तृतमा...

बझाङ : बझाङको भैरवनाथ स्वास्थ्य चाैकीका इन्चार्ज मृत अवस्थामा फेला परेका छन् । अस्ति(सोमबार)देखि बेपत्ता रहेका केदारस्यू गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय महेन्द्रबहादुर मल्ल मृत अवस्थामा सेतीकाे किनारमा फेला परेका हुन् । हिजो(मंगलबार) साँझ सेती नदिमा माछा मार्ने व्यक्तिले उनकाे शव देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

विस्तृतमा...

कपिलवस्तु : ड्युटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमरजेन्सी वार्डका तीन जना कर्मचारी निलम्बित भएका छन् । गत पुस ३ गते राति इमरजेन्सी वार्डको बेडमा कुकुर सुतेको फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । पेट दुखेर अस्पतालमा उपचार गराउन आएका मायादेवी गाउँपालिकाका सुरेश कुमार पाण्डेयले बेडमा कुकुर सुतेको देखे पछि फोटो खिचेका थिए । तीन दिनअघि उनले सो फोटो आफ्नो फेसबुकमा राखेका थिए । उक्त विषयमा अस्पताल प्रशासनले छानबिन गरेपछि तीन जनालाई निलम्बनमा राखेको अस्पतालका मेसु बिपिन जैसवालले बताए । दुई जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुहुन् । कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको…

विस्तृतमा...

काठमाडौँ : जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो । चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन-रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ । करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिलर ठड्याउने काममात्र हुँदै गरेको पाइएको छ । निर्माणाधीन…

विस्तृतमा...

सल्यान : जडान गरिएको दुई वर्षपछि सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुलीको भोल्टेज कम भएका कारण थन्किएको प्लान्ट विद्युत् प्राधिकरणले १०० केभीको ट्रान्सफर्मर जडान गरेपछि प्लान्ट सञ्चालनमा आएको हो ।​ कोरोना कालमा संघीय सरकारको ७१ लाख रुपैयाँ अनुदानमा प्लान्ट निर्माण गरिएको थियो । दैनिक ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो । विद्युतको भोल्टेज नपुग्ने र जेनेटरबाट आर्थिक भार थेग्न नसक्ने भएपछि जडान गरेको झन्डै दुई वर्षपछि मात्र अक्सिजन प्लान्ट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए । अस्पताल विकास समिति…

विस्तृतमा...

एजेन्सी : बाल्यावस्थाको सुरुका दिनमा एन्टिबायोटिक प्रयोग गरिएमा एक्जिमा उत्पन्न हुने खतरा ४० प्रतिशतले बढ्ने एक अनुसन्धानले देखाएको छ । ब्रिटिस जर्नलअफ डर्माटोलोजीमा दिइएको यस अनुसन्धानको विवरणमा भनिएको छ, एक्जिमा भएका बच्चालाई उसको जीवनको पहिलो वर्षमा उपचार गर्दा एन्टिबायोटिक प्रयोग गरिएको देखिएको छ। एन्टिबायोटिकको हरेक पटक थप प्रयोगले एक्जिमाको खतरा सात प्रतिशतले बढाउने अनुसन्धान टोलीले जनाएको छ । नवजात शिशुमा रोग प्रतिरोधी क्षमता विकास भईनसकेको अवस्थामा जेजति कारणले होस् बच्चालाई एन्टिबायोटिक खुवाइयो भने उसको शरीर ब्याक्टेरियाप्रति संवदनशील बन्ने सम्भावना उच्च हुन्छ ।

विस्तृतमा...

धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स उपकरण खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका छन् । प्रेस युनियनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सञ्चारमन्त्री भएका वेला एनसेलको कर छली रोक्न टेरामक्स खरिद गर्ने नीतिगत निर्णय गरेको, तर खरिद प्रक्रियामा आफू सामेल नभएको बताएका हुन् । उनले भने, ‘कल बाइपासबाट हुने कर छली उपकरण खरिद गरेर रोक्न सकिने राय पाएपछि उपकरण खरिद गर्ने निर्णय गरिएको हो। उनले थप भने, ‘खरिद प्रक्रियामा कमी–कमजोरी भएको हुन सक्छ, त्यो मभन्दा पछि हो। ठेक्का प्रक्रियामा गलत गरेको छ भने ज–जसले गरेको छ कारबाही होला।’ टेरामक्सको टेन्डर प्रक्रिया ठीक…

विस्तृतमा...

 डडेल्धुरा: डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएसंगै अब कक्षा सञ्चालनको तयारी भएको छ । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि माघदेखि कक्षा सञ्चालन गरिने भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए । ‘एमबीबीएसको पढाई सुरु गर्नका लागि भने डडेल्धुरा अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले…

विस्तृतमा...