काठमाडौँ : विदेश अध्ययन गर्न जाने नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने भएको छ । नेपाली चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन, तालिम वा काम गर्न विदेश जानेलाई मन्त्रालयबाट सहजीकरणका लागि ‘नेपाल अन्य मुलुकहरुमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरूको लागि पत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०८०’ ल्याएको छ ।
विदेश जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धी परिषद्मा दर्ता/नवीकरण भएको नेपाली नागरिक हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेको व्यक्तिले छात्रवृत्ति सेवा करा गरेको प्रमाणित पत्र, निवेदक एवं सम्बन्धित देश वा संस्थाले नेपाल सरकारलाई आर्थिक भार नपर्ने विषय खुलाउनु पर्ने लगायत आवश्यक सिफारिस पत्र उपलब्ध गराउने आधारहरु उल्लेख गरिएको छ ।