काठमाडौं : काठमाडौंका विभिन्न प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक ब्याग्स अफ होपले आइतबारदेखि काठमाडौंका प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोलदै ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले यस कार्यक्रममार्फत देशको भावी पुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने उद्देश्य रहेको बताए ।
सुरुवातमा राजधानीका २० भन्दा बढी प्लस टु कलेजहरुमा यो कार्यक्रम सञ्चालन हुने अध्यक्षले जोशीले बताए । मुनाल एजुकेशन हबले प्रायोजक गरेको कार्यक्रममा विद्यार्थीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
यस कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि आधुनिक प्रविधिको प्रयोग गरि विभिन्न चित्रहरु पनि देखाइनेछ । सँगै टियूको टिचिङ हस्पटिलमा कार्यरत डा. सुलभ राज उप्रेतीको नेतृत्वमा टीम पनि उक्त कार्यक्रममा सहभागी रहने आयोजकले जनाएको छ ।
ब्याग्स अफ होप युवाहरुद्वारा संचालित सामाजिक संस्था हो । यस संस्थाले सामाजिक क्षेत्रहरुमा विभिन्न समाज रुपान्तरणका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।