Aricle Tech

बाजुरा : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेको बाजुराको एक स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ७ बड्लेलीचौरमा निर्माण भएको आधारभुत स्वास्थ्य भवन अलपत्र परेको हो । स्थानीयले अधुरै उक्त भवनको २०८० बैशाख १९ गते मुख्यमन्त्री शाहबाट उद्घाटन गराएका थिए । आधारभुत्त स्वास्थ्यभवन संचालनमा नआएपछि साविकको झाली ब्रथिङ सेन्टरबाट सेवाप्रबाहमा समस्या भएको ब्रथिङ सेन्टरमा कार्यरत अहेव मीन कटुवालले बताए । ३८ लाखको लागतमा उक्त भवन उपभोक्ता समतिमार्फत २०७६ साल निर्माण सुरु गरिएको थियो । उपभोक्ता समितिले सम्झौता अनुसार काम नगरेपनि स्थानीयले मुख्यमन्त्रीलाई उद्घाटन गराएका थिए । उपभोक्ता समितिले १५ लाख बरावरको काम गरेको…

विस्तृतमा...

काठमाडौं : बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादवले डाक्छर बन्ने सपना देखेका थिए । त्यसै सपनालाई साकार पार्न उनीहरु नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत थिए । तर, उनीहरुको सवचा चुँडिएको छ । आइतबार बिहान मोटरसाइकल दुर्घटना दुवैजनाले ज्यान गुमाएका छन् । वीरगन्ज महानगरपालिका– १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा उनीहरु सवार प्रदेश २–०–३०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैले ज्यान गुमाएका हुन् ।भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए…

विस्तृतमा...

बुटवल : रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा महिलाको लगानी र नेतृत्व महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । तिलोत्तमा-४ ड्राइभर टोलमा ओम महिला तथा बाल अस्पताल अधिकांश महिलाहरूको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरूले लिएर अस्पताल सञ्चालनमा आएको हाे । सुत्केरी आमाहरू, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले जानकारी दिइन् । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पताललाई आगामी दिनमा सय शय्यामा बिस्तार गरिने डा. शर्माले बताइन्। अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले…

विस्तृतमा...

काठमाडौँ : ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो । उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिए । उनले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताए । क्यान्सरपीडित बालककी आमा खनालले छोराको…

विस्तृतमा...

काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । “खोप प्रयोग नभएपछि म्याद सकिएको छ,” उनले भने, “धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछौँ ।” प्रवक्ता डा.बुढाथोकीकाअनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन…

विस्तृतमा...

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर-६ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा रहेको एक्सरे मसिन थन्किएको छ । संघीय सरकारबाट कोरोना महामारी अगाडि प्राप्त भएको मसिन कर्मचारी अभावमा थन्किएको हो । कोरोना अवधिमा एमबीबीएस डाक्टर र रेडियोलोजि टेक्निसियनले केही समय मसिन चलाए पनि अहिले भने थन्किएको छ । स्वास्थ्य चौकीमा दिनहुँ एक्सरे गराउनुपर्ने बिरामी आउने गरेको भएपनि जनशक्ति नराखिदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मीराज जोशीले चिकित्सक र टेक्निसियन नहुँदा एक्सरे मसिन प्रयोगविहीन रहेको बताए । उनले भर्खरै एमबीबीएस डाक्टर आएका भएपनि एक्सरेका लागि जनशक्ति अभाव रहेको बताए। एक्सरे चलाउने जनशक्ति नियुक्तिका लागि नगरपालिकालाई आग्रह गरिएको…

विस्तृतमा...

पाँचथर : पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् ।     कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर स्तरोन्नतिअनुसार आवश्यक जनशक्तिको दरबन्दी प्रदेश सरकारले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन् । विगतमा १५ श्ययामा सञ्चालित अस्पतालको स्वीकृत ३२ जना जनशक्तिको दरबन्दीमा अहिले १७ जना कर्मचारीको पद रिक्त रहेको छ ।  जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट…

विस्तृतमा...

चितवन : लामो समय कोरोना भाइरस संक्रमणमुक्त रहेको चितवनमा फेरि संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले जिल्लामा थप २ जनामा संक्रमण देखिएको जनाएको छ । कार्यालयको शुक्रवारको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । उनीहरू दुवै जना पुरूष हुन । दुवै जना अहिले होम आईसोलेसनमा छन् । कार्यालयका अनुसार उनीहरूमा संक्रमण देखिएको झन्डै एकसाता भयो । जिल्लामा गत २४ घण्टामा भने कुनै पनि कोरोना संक्रमित थपिएका छैनन् । भरतपुर महानगरपालिकामा थप २ जनामा संक्रमण देखिएसँगै जिल्लामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३४ हजार १ सय २३ पुगेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म ३३ हजार ६ सय ७२…

विस्तृतमा...

दैलेख- बिहीबार राति राउटे समुदायमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ बर्षिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिना अघिदेखि बिराममीले थलिएकी थिइन । उनी एक महिनादेखि बिरामी थिइन् । उपचार अभावले उनको मृत्यु भएको बताइएको छ । कसैकाे मृत्यु हुने बित्तिकै बसाई सर्नुपर्ने यो समुदायको परम्परा छ । भैरबी गाउँपालिका–४ को गडजिउलामा बस्दै आएका राउटे आजै नै मृतकको दाहसंस्कार गरी चामुन्डाबिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सारेका छन् । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ । बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ…

विस्तृतमा...

काठमाडौं :  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा लगाइएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । ‘बन्द हड्ताल जस्ता कारणले स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरु बञ्चित हुन गईरहेको अवस्थामा सार्वजनिक हितको एवं नागरिकहरुको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालवन्दीले नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संघ, संगठनहरुबाट अन्द, हडताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरुको नामदेवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा अदालत नियमावली २०७३ को ४२ बमोजिम प्रारिम आदेश जारी…

विस्तृतमा...