Aricle Tech

धनगढी : एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष केसीले बताए । कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौँ बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो । सो प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गरेका थिए । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए । एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले…

विस्तृतमा...

काठमाडौं : डा चन्द्र वली शाहमाथि क्लिनिकभित्रै कुटपिट भएको छ । नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार साँझ अज्ञात समुहले कुटपिट गरेको हो । सोही विषयलाई लिएर आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ । डा शाहको बी एन्ड बी हस्पिटल ग्वार्कोमा उपचार भइरहेको छ ।

विस्तृतमा...

काठमाडौं : सप्तरीको रुपनी गाउँपालिस्थित सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो । उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख…

विस्तृतमा...

काठमाडौँ : चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटले मिर्गौलाका बिरामीका लागि ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ । सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पतालको परिसरमा नगरपालिकाले थप १५ श्ययाको अस्पताल बनाउन सुरुआत गरेको जानकारी दिँदै…

विस्तृतमा...

मुगु : हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका-६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको हो । ‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउँदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पुर्‍याउनै पाएनौँ ।’ कुसुम उनकी माइली बुहारी हुन् । मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको…

विस्तृतमा...

भक्तपुर : आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन्।कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी छन्।शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए।उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो। कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन् । आउँदो शैक्षिक सत्रदेखि नै पढाइ सुरु गर्ने तयारी गर्न निर्देशन दिँदै उनले यसमा मन्त्रालयबाट पूर्ण सहयोग हुने वचन दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औँ वार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘के–के पढाउन सक्नुहुन्छ तयारी गर्नुस् । आगामी शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने तयारी गर्नुस् । अब आउने सत्रबाट पढाउन सुरु गर्ने हो भने नयाँ आयाम थपिन्छ ।’ मेडिकल शिक्षामा क्रान्तिकारी कदम अगाडि बढाउनुपर्ने बताउँदै उनले मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता हटाउनु…

विस्तृतमा...

काठमाडौं : महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ। लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै १७ बुँदे माग राख्दै डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ। मागहरुको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ ।

विस्तृतमा...

हेटौँडा : बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेको नागरिक दोस्रो दर्जाको नागरिकको रूपमा हेर्न नहुने बताएका छन् । बुधवार हेटौँडामा आयोजित स्वास्थ्य बिमा बोर्ड बागमतीको प्रदेश स्तरीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले बिमा गरेका नागरिकहरूले तत्काल उपचार सेवा पाउने व्यवस्था गर्नुपर्ने बताए । बिमाले आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सहज बनाउनुपर्नेमा हाल बिरामीलाई थप सास्ती भइरहेको उनले बताए । स्वास्थ्य बिमालाई सफल बनाउने नियतले सेवा प्रवाहमा सहजता प्रदान गर्ने गरी काम गर्न उनले निर्देशन दिए । अस्पतालले बिमाका बिरामीलाई पहिलो प्राथमिकतामा सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ ।

विस्तृतमा...

काठमाडौँ : चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । 

विस्तृतमा...