बाजुरा : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेको बाजुराको एक स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ७ बड्लेलीचौरमा निर्माण भएको आधारभुत स्वास्थ्य भवन अलपत्र परेको हो ।
स्थानीयले अधुरै उक्त भवनको २०८० बैशाख १९ गते मुख्यमन्त्री शाहबाट उद्घाटन गराएका थिए । आधारभुत्त स्वास्थ्यभवन संचालनमा नआएपछि साविकको झाली ब्रथिङ सेन्टरबाट सेवाप्रबाहमा समस्या भएको ब्रथिङ सेन्टरमा कार्यरत अहेव मीन कटुवालले बताए ।
३८ लाखको लागतमा उक्त भवन उपभोक्ता समतिमार्फत २०७६ साल निर्माण सुरु गरिएको थियो । उपभोक्ता समितिले सम्झौता अनुसार काम नगरेपनि स्थानीयले मुख्यमन्त्रीलाई उद्घाटन गराएका थिए ।
उपभोक्ता समितिले १५ लाख बरावरको काम गरेको प्राविधिकले बील बनाए पनि ११ लाख मात्रै भुक्तानी गरेपछि भवन पूर्ण हुन नसकेको बुढिगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवन सिंह केशीले बताए ।
उक्त भवनमा नगरपालिकाले मर्मतका लागि पनि बजेट दिएको थियो । २०७७ सालमा मर्मतका लागि ११ लाखमा जगतस्मारीका जेवीनिर्माण कम्पनीले ठेक्कामार्फत काम सुरु गरेको भएपनि काम पुरा नहुदा अलपत्र अवस्थामा रहेको छ ।
मर्मत ठेक्का पाएको कम्पनीका सञ्चालन सुरत शाहले बील उठाउन नगरपालिकाबाट प्राबिधिक नपठाई दिएका कारण आफ्नो कामको भुक्तानी रोकिएको छ । ११ लाखको कामको जिम्मा लिएकोमा ५ लाख भुक्तानी लिईसकेको र बाकीको प्राविधिक नै नआएर विल नउठाई दिएको उनले बताए ।
बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले आफू आउनुुभन्दा अघिको काम भएकाले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।