धरान : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन् । धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा आज वार्ता भएको थियो । छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । सिनेटको बैठकले शिक्षक कर्मचारीको पदोन्नतिका माग संशोधन हुनेसमेत उनले बताए । स्वास्थ्यमन्त्री बस्नेतले बिपी प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति…
Aricle Tech
काठमाडौँ : सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई सो नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।
चितवन : चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रवक्ताको जिम्मेवारी डा. रामप्रसाद सापकोटालाई दिईएको छ । विगत छ वर्षदेखि सोही अस्पतालमा कार्यरत दशौँ तहका वरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट डा. सापकोटालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । उनलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले गरिरहेका नियमित कामको साथमा अस्पतालको प्रवक्ताको समेत थप जिम्मेवारी दिएका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टको अनुमति लिएर सूचनाहरु सार्वजनिक गर्ने, कसैले अस्पतालको विषयमा खास जानकारी मागेको खण्डमा प्रचलित कानुन बमोजिम दिने उनको जिम्मेवारी रहने छ । स्वास्थ्य डायरीसँग कुरा गर्दै सबैसँग मिलनसार स्वभावका डा. सापकोटाले प्रवक्ता बनेसँगै आफूले पाएको जिम्मेवारीलाई राम्रोसँग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । सबैको साथ…
पोखरा : बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
जाजरकोट: जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले मसिक एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचनापछि करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो। दुर्गम क्षेत्रमा करारमा काम गर्न डाक्टरहरूले चासो नदेखाउने गरेका कारण संस्थाले उक्त भत्ता दिएको बताइएको छ ।
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि-४ गोदाम चौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ शय्याको नगर अस्पताल बनाउन लागिइएको हो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । करबाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९…
रेसुङ्गा : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् । उनले भनिन् “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई…
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित सम्वद्ध सङ्घसंस्थालाई आग्रह गरे । ‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआईभीएम)’ का अनुसार नेदरल्याण्ड्सले अहिले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासहरूलाई अगाडि बढाएको छ । इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न सङ्क्रमणहरू अहिले नेदरल्याण्ड्सको जनसङ्ख्यामा…
काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाभित्र चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषद्यका रुपमा बिक्री वितरण हुने सुचना प्राप्त भएपछि औषधि पसलहरुलाई कारवाहीको चेतावनी दिएको हो । त्यस्ता पसलहरुलाई शिल गरिने जानकारी जारी सूचनामार्फत् नगरपालिकाले दिएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुस्ख पाउने भएकाले यसलाई गम्भीररुपमा लिनु निर्देशन दिएका हुन् ।

