दैलेख- बिहीबार राति राउटे समुदायमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ बर्षिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिना अघिदेखि बिराममीले थलिएकी थिइन ।
उनी एक महिनादेखि बिरामी थिइन् । उपचार अभावले उनको मृत्यु भएको बताइएको छ ।
कसैकाे मृत्यु हुने बित्तिकै बसाई सर्नुपर्ने यो समुदायको परम्परा छ । भैरबी गाउँपालिका–४ को गडजिउलामा बस्दै आएका राउटे आजै नै मृतकको दाहसंस्कार गरी चामुन्डाबिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सारेका छन् ।
लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ । बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ ।