Aricle Tech

चितवन : चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ । जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमण देखिएपछि…

विस्तृतमा...

गोरखा : गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिइन् । सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताइन् । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए । सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताइन् । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।

विस्तृतमा...

काठमाडौं : नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो। सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ। यसैगरी, सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ।

विस्तृतमा...

गलकोट (बागलुङ) : बागुलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक–दुई परिवार बीमामा आबद्ध भए पनि अरूले भने बेवास्ता गरेका थिए । जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमशः उकालो लागेको छ । घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् । “पहिला बीमा गर्न घरमै पुग्दा गालीसमेत खाइयो, धेरैले बीमाको महत्व नबुझेर रहेछ, अहिले त बीमा नवीकरणको समय आयो भन्दै फोन गर्ने गरेका छन्, धेरैले…

विस्तृतमा...

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छन् । मेयर साम्पाङले बिपी प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका हुन्। प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा,डा, प्रह्लाद कार्की कार्यालयमा हाजिर गराई प्रतिष्ठानमा देखिएको समस्याको निकासा दिन अनुरोध उनले गरेका छन्। प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।

विस्तृतमा...

पर्सा : कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो । सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए । उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले आजदेखि उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएको छ । बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए । “बीमितले अनावश्यक रुपमा…

विस्तृतमा...

स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको नि:शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न नि:शुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो । चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगर सभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अति विपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ…

विस्तृतमा...

काठमाडाैं- ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता…

विस्तृतमा...

नारायणगढ : जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रबटाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका र अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो। ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमित सबै उपचारपछि घर फर्किएका थिए।…

विस्तृतमा...