काठमाडौं : बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादवले डाक्छर बन्ने सपना देखेका थिए ।
त्यसै सपनालाई साकार पार्न उनीहरु नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत थिए । तर, उनीहरुको सवचा चुँडिएको छ ।
आइतबार बिहान मोटरसाइकल दुर्घटना दुवैजनाले ज्यान गुमाएका छन् । वीरगन्ज महानगरपालिका– १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा उनीहरु सवार प्रदेश २–०–३०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैले ज्यान गुमाएका हुन् ।भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।