Aricle Tech

मनहरी : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्न गत भदौमा सो सेवासम्बन्धी मन्त्रिपरिषद्को बैठकले कार्यविधि स्वीकृत गरेको थियो । यस सेवाले प्रदेशका काठमाडौँ र ललितपुरबाहेक ११ जिल्लाका स्थानीय तहलाई समेट्ने छ । गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि प्रदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यक्रम कार्यान्वयनमा आउने भएको हो । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याउन हवाई उद्धार…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् । राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए । उनले भने, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा अगाडि बढ्न सकेको छैन । यो हामीले आ-आफ्नो तरिकाले परिभाषित गरेर बसिरहेका छौँ । यही तरिकाले अगाडि बढ्ने हो भने हाम्रो लक्ष्य पूरा हुनेमा मलाई विश्वास छैन ।’मन्त्री बस्नेतले पूर्ण खोप प्रोजेक्ट अन्तर्गत नेपालमा आउने बजेटको अन्धाधुन्ध रपमा खर्च भइरहेको भन्दै यसको छानबिन गर्नुपर्ने बताए । उनले अघि भने,…

विस्तृतमा...

पाल्पा : पाल्पाको लुम्बिनी मेडिकल कलेजले पुनः स्वास्थ्य बीमा अन्तरगतका सेवा दिन थालेपछि जिल्लावासीमा खुसी छाएको छ । स्वास्थ्य बीमा बोर्ड र लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच सेवा प्रवाहका लागि सम्झौता भई प्रशासनीक कार्य सम्पन्न भएपछि सोमबारबाट सेवा सुरु भएको हो । सेवा सुरु गर्ने सम्झौतामा बोर्डका पाल्पा संयोजक अजुर्न पौडेल र कलेजका तर्फबाट कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । गत पौष २९ गते बसेको बोर्डको बैठकले लुम्बिनी मेडिकल कलेजसहितका अस्पताललाई पुनः अस्पताललाई सेवा प्रदायक स्वास्थ्य संस्थाका रुपमा सूचीकृत गरेपछि सेवा सञ्चालनको बाटो खुलेको हो । विगतमा पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिस्न अस्पतालले स्वास्थ्य बीमा…

विस्तृतमा...

कैलाली: १२ सातासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था भएपछि कैलालीमा गर्भपतन गराउनेको संख्या बढदै गएको छ। विशेष गरी २० वर्षभन्दा कम उमेरका किशोरीले बढी गर्भपतन गराएका छन्। सूचीकृत नभएका स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने किशोरीको संख्या समेत बढ्न थालेको छ। गत महिना मात्र गर्भपतन जटिलताका कारण दुई महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कैलालीमा गत आर्थिक वर्षमा एक सय ८० महिलाले गर्भपतनको जटिलता भोग्नुपरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। गर्भपतनको जटिलता भोगेकामध्ये कतिपय गर्भपतनको अनुमति नपाएको स्वास्थ्य संस्थाबाट औषधि किनेर गर्भपतन गराउन खोज्नेहरू रहेको स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स आशा थापाले बताएकी छन्। असुरक्षित ठाउँमा गर्भपतन गराउन खोज्दा स्वास्थ्यमा…

विस्तृतमा...

डोटीः डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर सञ्चालन हुने भएको छ। शिविरमा वरिष्ठ सर्जन सहितको विशेषज्ञ टिमले बिरामीको उपचार गर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठले बताए। क्याम्प पाँच दिनसम्म सञ्चालन हुने छ। नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दिपायल सिलगढी नगरपालिका, स्वास्थ्य कार्यालय डोटी र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा आगामी फागुन ६ गते देखि १० गतेसम्म निःशुल्क अर्थोपेडिक सर्जिकल क्याम्प सञ्चालन हुन लागेको हो। ५० देखी ७० अप्रेसन र बाह्र सय देखी पन्ध्र सयसम्म जनरल बिरामी हेर्ने लक्ष्य रहेको जोरपाटी अस्पतालका निर्देशक डा कैलाश भण्डारीले बताए। डाक्टर भण्डारीले भने ‘यहाँ नसकिएका बिरामीहरूको अप्रेसन हाम्रो अस्पतालले निःशुल्क अप्रेसन गर्नेछ,…

विस्तृतमा...

काठमाडाैं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई कारबाही गर्न भन्दै संघीय स्वास्थ्यमन्त्रीलाई पत्र लेखेका छन् ।  उनले आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेख्दै कार्कीमाथि तुरून्त कारबाही गर्न आग्रह गरेका हुन् । कामु उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बसाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिए पनि उनले बैठक नबसालेको साम्पाङकाे भनाइ छ ।

विस्तृतमा...

गलकोट : बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरुलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताए । “कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ”, घिमिरेले भने, “दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला…

विस्तृतमा...

कञ्चनपुर: मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् । यहाँको भीमदत्त –१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन् । “बुबा…

विस्तृतमा...

काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक डा सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यलाई पक्राउ गरेको हो । प्रहरीले केही बेरमा घटनाबारे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा जानकारी दिने तयारी गरेको छ ।

विस्तृतमा...

मोरङ : कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा.सुधा देवकोटाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको शाखा अस्पतालका निर्देशक डा.भगवान कोइराला, हाम्रो अस्पतालका डा.शङ्कर अधिकारी, नोवेल शिक्षण अस्पताल विराटनगरका राजेश नेपाल, विराट मेडिकल शिक्षण अस्पताल मोरङ बूढीगङ्गाका पदम बिनाडीसँग सम्झौता आदानप्रदान गरेका छन् । सो अवसरमा मुख्यमन्त्री कार्कीले अब प्रदेशका कुनै पनि बालबालिका रकमको अभावमा अकाल मृत्यु हुने अवस्था नआउने बताएका छन् । उनले बालबालिका मुलुकको भविष्यका कर्णधार भएकाले उनीहरुलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन…

विस्तृतमा...