Aricle Tech

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पससलाई एक/एक लाख रुपैयाँ जरिवाना गरेको छ । रेसुंगा नगरपालिका– ९ मा कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आयुर्वेद औषधि पसल र कमला पाण्डेयले सञ्चालन गरेको सफल होमियोप्याथिक औषधि पसललाई जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीले दुवै पसललाई १५ माघमा सिलबन्दी गरेको थियो । पसलहरू सिलबन्दी गरेसँगै थप उसले छानबिन गर्न प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनको आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार एक–एक लाख रुपैयाँ जरिवाना गरेर ११ दिनपछि पसल सञ्चालन गर्न दिइएको प्रमुख…

विस्तृतमा...

काठमाडौं : आकस्मिक गर्भनिरोधक चक्की ‘पिल्स’को जथाभावी प्रयोग दैनिक बढ्दो छ । पिल्सले अनिच्छित गर्भ हुनबाट रोके पनि जथाभावी प्रयोगले स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । आकस्मिक गर्भ निरोधक चक्कीको बढी प्रयोग गर्दा महिलाहरुमा महिनावारी गडबढीको समस्यादेखि बाँझोपना, पाठेघरभित्र क्यान्सर लगायतको समस्या हुनसक्ने विशेषज्ञहरु बताउँछन् । तर, यसैबीच सोही औषधिको भद्दा किसिमले प्रचार गरेको पाइएको छ । महिला अधिकारकर्मी खुश्बु ओलीले ‘डक्टरर्स स्टोरी नेपाल’द्वारा इन्स्टाग्राममा पोष्ट गरेको सामग्री सेयर गर्दै उक्त जानकारी दिएकी हुन् । डक्टरर्स स्टोरी नेपालले सेयर गरेको फोटोमा औषधि पसलको होडिङ बोर्डमा ‘भ्यालेन्टाइन डे’को अवसरमा २ वटा आइपील(आकस्मिक गर्भनिरोधक चक्की) खरिद गर्दा एउटा सित्तैमा पाइने अफर दिएका…

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको हो । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग, डडेल्धुरा अस्पताल व्यवस्थापन तथा अमरगढी नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको थियो ।  शिविरमा १ हजार ५ सय जनाले सेवा लिएका आयोजक अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटिल समस्या देखापरेकाले उनीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग,…

विस्तृतमा...

काठमाडौं : ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ । फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर फर्मालिन लगायतका नि सङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शङ्का लागेका पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्न, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर बङ्गुर लाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, रोग देखा परेको…

विस्तृतमा...

काठमाडौँ : एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा.उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन् । डा शाक्यले गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताइन् । जन्मजात मुटुको बिरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया…

विस्तृतमा...

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को संशोधन प्रस्तावमाथि आज छलफल भएको छ । परिषद्को आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा विगत लामो समयदेखि संशोधन हुन नसकेको उक्त ऐनमाथि आज स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्यविद्, पत्रकार र सरोकारबालाबीच छलफल भएको हो । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्रमरण सिंहले लामो समयमदेखि संशोधन हुन नसकेको ऐनलाई समय सान्र्दभिक संशोधन गरेर लैजान आवश्यक रहेको बताए । उनले दुरगामी लक्ष्य राखेर ऐनलाई संशोधन गर्नुपर्ने धारणा राखे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने ऐन अहिले आएर संशोधन हुन लागेकोमा खुशी व्यक्त गरे। उनले ऐनलाई आगामी २० वर्ष संशोधन…

विस्तृतमा...

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आउने भएको छ । विहान १० बजे देखि सेवा प्रारम्भ गर्ने अस्पतालले जनाएको छ । यो सञ्चालनमा आएपछि सरकारी अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने भेरी अस्पताल लुम्बिनी प्रदेशकै पहिलो अस्पताल हुनेछ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा पवनजंग रायमाझीले करीव २४ करोडमा खरीद भएको थ्री टेस्ला एमआरआई इन्सटलेशनको काम सम्पन्न भएपछि आजबाट सेवा प्रारम्भ हुन लागेको बताए । उनले मेसिनको औपचारिक उद्घाटन भने केही समय पछि हुने जानकारी दिए । उनले थ्री टेश्ला एमआरआई सरकारी अस्पतालमा प्राय नभएको बताए । अहिले १५० शैय्या स्विकृति पाएको भेरी ३०० शैय्यामा स्तरोन्नती हुने प्रक्रियामा…

विस्तृतमा...

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले ओपिडीबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन् । युरोलोजी सेवा जिल्लामा नहुँदा बिरामीहरु सामान्यदेखि बिशिस्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा बिस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ। युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मिले सो सेवा दिइरहेको कामु निर्देशक डा कडेलले बताए । युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा…

विस्तृतमा...

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उनले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगी किन बढी रहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए । उनले भने, ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न…

विस्तृतमा...

पर्वत : पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ । नियमित स्रोतबाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो । अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ । आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो । दैनिकजसो सातवटा श्ययामा मिर्गौलाका…

विस्तृतमा...