काठमाडौं : ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ ।
बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ ।
फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर फर्मालिन लगायतका नि सङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शङ्का लागेका पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्न, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर बङ्गुर लाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बङ्गुर तथा सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु भनिएको छ ।
यस्तै, अनिवार्यरुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वास्थ्य सुँगुर, बङ्गुर वा मासुको ओसार प्रसार गर्ने गराउने आग्रह गरेको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । हाल विभिन्न स्थानमा देखा पर्न थालेको पशु सेवा सेवा विभागले जनाएको छ ।