डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ । आज (मंगलबार) देखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो । कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए । उनका अनुसार, १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन् । आज भने तीन जना विद्यार्थी उपस्थित रहेका थिए ।मेडिकल कलेज सञ्चालन हुनु खुसीको खबर भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए । उनले सुदूरपश्चिम विश्व विद्यालयले देखाएको अठोटका लागि धन्यवाद समेत दिए । उनले आगामी तीन वर्षमा…
Aricle Tech
बागलुङ : गण्डकी प्रदेश सरकारले क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित बिरामीहरूलाई राहत रकम दिने भएको छ। बागलुङको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका ७० जना क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित बिरामीहरूलाई आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशकी ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले क्यान्सर र ब्रेन रोगबाट पीडित बिरामीहरूलाई आर्थिक सहायता उपलब्ध गराउनका लागि उक्त निर्णय गरिएको बताइन्। उनले प्रदेश निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यमा नेपाल सरकारका पूर्व सहसचिव विरेन्द्रबहादुर…
वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका सबै वडामा स्वास्थ्य प्रयोगशाला निर्माण थालिएको छ । सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सुरु भएका प्रयोगशाला भवनको पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज संयुक्त रुपमा शिलान्यास गरे । त्यस अवसरमा सांसद यादवले महानगरका ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेकामा खुसी व्यक्त गरे । महानगर प्रमुख सिंहले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए…
गोरखा: गोरखामा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । पशु सेवा विभागकाअनुसार गोरखा जिल्लाका बंगुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको हो । योसँगै देशभर ६ वटा जिल्लामा यो रोग पुष्टि भएको हो । काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की र गोरखा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो । यो रोग हाल ६ जिल्लामा पुष्टि भएको छ । रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ, ललितपुर र गोरखा जिल्लामा यो रोग पुष्टि भएको सरकारी निकायले…
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गरिब तथा जेहनदार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोवास भएका जेहेन्दार, गरिब र विपन्न परिवारका एमबिबिएस पढ्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले जानकारी दिए । नगरपालिकाको एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० को दफा ५ मा भएको व्यवस्था अनुसारका कागजातसहित निवेदन दिन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको उनले बताए । आव २०८०/८१ को नगर सभाबाट स्वीकृत बजेटअनुसार एमबिबिएस पढ्ने विद्यार्थीका लागि रु…
काठमाडौं : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते आइतबार १…
कालीकाेट : कालीकाेटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो । २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ रहेको छ । पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ । अझै पनि ९२ हजार १ सय ५३ अर्थात् ६३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका छैनन् । स्वास्थ्य बीमाका बारेमा स्थानीयलाई पूर्ण जानकारी नहुनु, घर–घरमा जनचेतना नपुग्नु र सम्बन्धित निकायले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले…
खोटाङ : उपचारमा लापरवाही गर्दै बिरामीको ज्यान लिने नक्कली डाक्टर ११ वर्षपछि पक्राउ परेका छन् । २०६९ फागुन १७ गते हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको थियो । यसपछि मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ । मेहताले पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएदिएपछि राईको मृत्यु भएको भन्दै मृतककी आफन्त देवीसरा राईले २०६९ चैत १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । मेहतालाई गत माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका सूचना…
खोटाङ : बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले विसं २०७७ मङ्सिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याको तीन सय नौ वटा अस्पतालको शिलान्यास गरेका थिए । दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही तीन सय नौ आधारभूत अस्पतालको सूचीमा बराहपोखरीको पनि समावेश भएको थियो । धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दश…
मकवानपुर : मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त गाउँपालिका–९ को कालिका माविका विद्यार्थीलगायत दुईवटा टोलका स्थानीय बासिन्दा गरी तीनसय जना एकैचोटी भाइरल ज्वरोको प्रकोपबाट प्रभावित भएको र एक जना वृद्धको उक्त ज्वरोबाट केही दिनअघि मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका थिए । स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यस क्षेत्रमा पुगी थप उपचार गरिरहेको राक्सीराङ गाउँपालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले उल्लेख गरे । अहिले प्रभावित क्षेत्रमा अन्य बासिन्दाको रगत सङ्कलन गर्न आवश्यक चिकित्सा ‘किट’, प्राविधिक…

