Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

‘भ्यालेन्टाइन डे अफर’ भन्दै गर्भनिरोधक चक्कीको अवैध विज्ञापन गरेपछि…

Aricle TechBy Aricle Tech२०८० माघ २६, शुक्रबार
Share
Facebook Twitter

काठमाडौं : आकस्मिक गर्भनिरोधक चक्की ‘पिल्स’को जथाभावी प्रयोग दैनिक बढ्दो छ । पिल्सले अनिच्छित गर्भ हुनबाट रोके पनि जथाभावी प्रयोगले स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । आकस्मिक गर्भ निरोधक चक्कीको बढी प्रयोग गर्दा महिलाहरुमा महिनावारी गडबढीको समस्यादेखि बाँझोपना, पाठेघरभित्र क्यान्सर लगायतको समस्या हुनसक्ने विशेषज्ञहरु बताउँछन् ।

तर, यसैबीच सोही औषधिको भद्दा किसिमले प्रचार गरेको पाइएको छ । महिला अधिकारकर्मी खुश्बु ओलीले ‘डक्टरर्स स्टोरी नेपाल’द्वारा इन्स्टाग्राममा पोष्ट गरेको सामग्री सेयर गर्दै उक्त जानकारी दिएकी हुन् । डक्टरर्स स्टोरी नेपालले सेयर गरेको फोटोमा औषधि पसलको होडिङ बोर्डमा ‘भ्यालेन्टाइन डे’को अवसरमा २ वटा आइपील(आकस्मिक गर्भनिरोधक चक्की) खरिद गर्दा एउटा सित्तैमा पाइने अफर दिएका पर्चा टाँसिएको छ । स्थान र औषधि पसल नखुलेको उक्त फोटो सेयर गर्दै ओलीले ‘भ्यालेन्टाइन डे’ अफरको रूपमा आइपील जस्ता हानिकारक आपत्कालिन चक्कीहरू प्रवर्द्धन गर्नु गैरजिम्मेवारपूर्ण रहेको बताएकी छिन् ।

‘नेपालमा हजारौं महिलाहरु पाठेघर खस्ने स्मस्याबाट पीडित छन् । यी चक्कीहरूले यस्तै स्वास्थ्य समस्याहरू निम्त्याउँछन् । कण्डमलाई प्रवर्द्धन गर्न लजाउने तर यी हानिकारक चक्कीहरू यसरी बेच्ने यो अत्यन्तै असंवेदनशील मार्केटिङ तुरुन्त हटाउनुपर्छ । यो कहाँको पत्ता लाउन सहयोग गर्नुहोस् । र, यस्तो कुरा रमाइलोको लागि सेयर गर्ने यो पेज चलाउने प्रति असाध्यै दुःख लाग्यो’ उनले लेखेकी छिन्, ‘महिला स्वास्थ्यप्रति हामी कहिले गम्भिर बन्ने ?’

यस विषयमा औषधि विभागका महानिर्देशक नारायण ढकाललाई बुझ्दा उनले उक्त प्रचारप्रसारबारे जानकारी नपाएको बताए । तर, उनले गर्भनिरोधक औषधि मात्रै होइन अनुमतिविना कुनै पनि औषधिको प्रचारप्रसार गर्न नपाइने बताएका छन् । ढकालले त्यस्तो गरेको पाइएमा कारबाही हुने बताएका छन् । ‘अनुमतिविना औषधिको प्रसारप्रसार गरेको पाइएमा औषधि पसल तथा मेडिकलको लाइसेन्स खारेजदेखि औषधिबाट उपभोक्तहरुको स्वास्थ्यमा परेको असरको क्षतिपूर्ति गर्नुपर्नेसम्मको सजाय हुन्छ’ उनले भने ।

पछिल्लो समय यसको प्रयोग उमेरै नपुगेका टिनएजर्सहरुले गर्ने गरेको पाइएको छ । स्कुल तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि असुरक्षित यौन सम्पर्क गरेर यस्ता चक्कीहरु प्रयोग गर्ने गरेको पाइएको छ । यसबाट तिनीहरुको प्रजनन् अंग मात्र बिग्रिरहेको छैन सम्पूर्ण शरीरको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पिल्स, अनवान्टेड, आइपिल, इकोनलगायत विभिन्न नामले बजारमा आपतकालिन गर्भनिरोधक चक्कीहरुको व्यापार निक्कै मौलाएको छ ।

शहरका सबैजसो औषधि पसलहरुमा यस्ता औषधिहरु किन्न खासगरी युवा युवतीहरु जाने गरेका छन् । यस्ता चक्की अत्याधिक प्रयोग गर्ने महिलाहरुको हर्मोनमा समस्या आउँछ । हर्मोनसम्बन्धी चक्की भएकाले यसले हर्मोनलाई गर्ने गडबडीले शरीरका विभिन्न भागमै असर पर्छ । यस्तै यस्ता चक्कीको अत्यधिक प्रयोगले पाठेघर फुटाउन सक्छ । महिलाको पाठेघर अत्याधिक संवेदनशील भएकाले यस्ता चक्कीको प्रयोगले नलिमा विकास हुँदै गरेको गर्भलाई असर गर्छ । यौन सम्पर्क भएको ७२ घण्टा नबिति भ्रुण महिलाको पाठेघरमा पुगेको हुँदैन । जसकारण पाठेघरको नलि फुट्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।

जथाभावी चक्की प्रयाग गर्दा रक्तश्राव भएर महिलाको ज्यानै जाने खतरा हुन्छ । महिलाको पाठेघरको नलिमा पुगेको गर्भलाई यस्ता चक्कीले तुहाउने गर्छ । जसका कारण रक्तश्राव हुन्छ । नियमित यस्ता चक्कीको प्रयोग भएमा महिलामा बाँझोपनको समस्या देखा पर्छ । यस्ता चक्कीले हर्मोन उत्पादनमा कमी ल्याउने भएकाले बाँझोपना देखापर्ने संभावना अधिक हुने विज्ञहरुको भनाई छ ।

कतिपय अवस्थामा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टा वा त्यसपछि पनि प्रयोग गर्ने र चक्की प्रयोग गर्दा गर्दैपनि बच्चा जन्मिन सक्छ । अत्याधिक आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेका आमाबाट जन्मिएको शिशु अंगभंग भएर जन्मजात अपांगका रुपमा जन्मने पनि उत्तिकै हुन्छ ।

यस्ता चक्कीका प्रयोगले युवा पुस्ताल आफूलाई सुरक्षित ठाकछन् र जथाभावी यौन सम्पर्क गर्दा यौन रोगको सिकार हुने गरेका छन् । जसका कारण एक व्यक्तिमा भएको यौन रोग अन्यमा सहजै सर्ने हुन्छ ।
अत्यधिक हर्मोन हुने यस्ता औषधिको सेवनले महिनावारी गडबडी हुनसक्छ । यस्ता चक्कीकाे प्रयोगले महिना पुग्नु अगावै महिनावारी हुने र कहिले महिना पुगेको लामो समयसम्म पनि महिनावारी नहुने समस्या हुन्छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.