स्वर्गद्वारी : प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ । उक्त खोप १२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उनले बताए । उनले भने, “जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने छ ।” स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ गतेयता कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ३०, दोस्रो मात्रा…
Aricle Tech
काठमाडौं : राजधानीको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मङ्गलवार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो । समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता सङ्गठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ काउन्सिलको तर्फबाट शुक्ला खनाल…
कैलाली : सुदूरपश्चिम प्रदेशमा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनौट भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदकमध्ये खुलातर्फ पाँच र समावेशीतर्फ चार जना गरी ९ जना छनौट भएका छन् । एमबीबीएस अध्ययन छात्रवृत्तिमा खुलातर्फ पाँच जना छनौट भएका छन् । बाजुरा जिल्लाको स्वामिकार्तिक खापर–४ का नितेशकुमार धामी, बझाङको जयपृथ्वी–३ का अविशेक जोशी, शुर्मा गाउँपालिका–२ कि नविना बोहरा, सायल–२ डोटीका दिप उपाध्याय र भागेश्वर–५ डडेल्धुराका भीमबहादुर बोहरा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयबाट छनौट भएका हुन् । त्यस्तै महिलातर्फ शुक्लाफाँटा नगरपालिका–३ कञ्चनपुरकि रेखा जोशी एमबीबीएस…
कैलाली : एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भएको छ। चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि आर्थिक अभावले उनको भर्ना छुटेको थियो । प्रदेश सरकारको समेत आर्थिक छात्रवृत्ति पाएका उनी पनि भर्ना हुनबाट वञ्चित थिए। कैलालीको गौरीगंगा नगरपालिका–६ का राहुल विपन्न परिवारका हुन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन। राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए। सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो। हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने…
काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन् । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा. अनिलले बताए । कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूमपान र सुर्ती सेवनको लतलाई त्याग गर्न…
काठमाडौं : चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा ५६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षर्थी उत्तिर्ण भएका हुन् । काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ जना परीक्षर्थीहरु सहभागी थिए । जसमा मेडिकलमा ९६२ (५५.९६ प्रतिशत )र डेन्टलतर्फ १७४(६१.०५ प्रतिशत )परीक्षार्थी उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए…
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो । भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार, भवनको घेराबारसहित सोलारसमेत जडान गरिएको छ । उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ । बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले विसं २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । अठार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै…
लन्डन : बेलायतमा क्यान्सरका बिरामीहरू क्यान्सर विरोधी खोपको एउटा विश्वव्यापी परीक्षणमा सहभागी भएका छन् । यसमा सहभागी बिरामीहरूले शरीरमा रहेका क्यान्सरका कोष पहिचान गर्न र ती कोषविरुद्ध लड्न सक्ने खोप लगाउनेछन् । यो खोप अमेरिकी फर्मा कम्पनी मोडेर्नाले निर्माण गरेको हो । इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टमा मेलानोमा भएका एकजना ८१ वर्षीय पुरुषलाई एमआरएनए–४३५९ नाम गरेको यो खोप लगाइएको छ । यो परीक्षणमा खोपको सुरक्षा अनि मेलानोमा, फोक्सो क्यान्सर र अन्य ट्युमर क्यान्सरविरुद्ध खोप कत्तिको प्रभावकारी हुन्छ भनेर हेरिनेछ । यो खोपको लक्ष्य प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु र क्यान्सरका विरुद्ध लड्ने बनाउनु रहेको छ ।
काठमाडाैं : गोपाल दियालले बिहे गरेको एक वर्ष मात्रै भएको छ । लगनगाँठो कसेपछि श्रीमती पुनमसँग छुट्टिएर उनी रोजगारीका लागि विदेश गए । तर, बिहे गरेर कतार गएका उनी आज घर फर्किदैछन् । किनकी उनको घरमा ठुलो बज्रपात परेको छ । उनले आमा र श्रीमतीलाई सँगै गुमाएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा उक्त दुःखद घटना भएको हो । महिनावारी भएकी २६ वर्षीय पुनम हिजो राति घरको तल्लो कोठामा सुतेकी थिइन् । उनलाई एक्लै बसाउनु हुन्न भन्ने सोचेर ६० वर्षीया सासु धौलीदेवी दियाल उनको कुरुवा बसिन् । डडेल्धुराको चिसोलाई छल्न उनीहरुले कोठामा आगो बालेका थिए । तर, उनीहरुले थोरै झ्याल…

