डडेल्धुरा : ०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय ग¥यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको थियो, ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’ प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आगामी…
Aricle Tech
काठमाडौं : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ । उक्त कार्यका लागि काठमाडौँ महानगरपालिकाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस) को युजन नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ । बागमती स्वास्थ्य निर्देशनालयले गएको साउन ७ गते पत्र पठाउँदै स्थानीय तहको स्वास्थ्य विभाग/शाखाबाट स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन प्रविष्ट गराउने युजर नेम र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो। यसका लागि विभागले फागुन १ गते ६० वटा संस्थालाई बोलाइएको थियो। जसमध्ये ४८ संस्था सहभागी भएर आफैँ प्रणाली चलाउन सक्ने भएका छन् । एउटा समूहमा ३०…
काठमाडौं : नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन युएसएमएलइले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ । अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरुको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेका अमेरिकास्थित एक चिकित्सकले राससलाई जानकारी दिएका छन् । अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँदै उनीहरुलाई अयोग्य भएको निर्णयसमेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता…
काठमाडौं : नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् । नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन् । जसमा पुरुष कैदीबन्दी १६ हजार ४९५ र महिला कैदीबन्दी तीन हजार ४९७ रहेका छन् । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो । सुरुमा १५ श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको थियो । क्रमशः अस्पातलको सेवा…
काठमाडाैं : धुलिखेलमा काठमाडौँ मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा एकै दिन १ हजार २ सय भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएकाे छ । शिविरमा कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जू श्रेष्ठ र विशेष अतिथि काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको स्वास्थ्य जाँच गरी कार्यक्रमको उद्घाटन गरेका थिए । धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, काभ्रे, धुलिखेल नगरपालिका तथा सञ्जीवनी माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौँ मेडिकल कलेज सिनामंगलसँगको सहकार्यमा माघ २९ गते सोमबार सञ्जीवनी नमुना माध्यमिक विद्यालय प्रांगण धुलिखेलमा स्थानीय वासीहरूको लागी बृहत्तर रूपमा निःशुल्क स्वास्थ्य जाँच सम्पन्न गरियाे । स्वास्थ्य सेवा लिएर…
आम्सटर्म : नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानुनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी थिए । चिकित्सकको सहयोगमा दुवैले अन्तिम सास फेरेका छन् र अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्यान्ड्समा शोकको अवस्था छ । नेदरल्याण्ड्सको एक कानुनी अधिकार संगठनका अनुसार उनीहरूलाई नजिकैको चिहानमा गाडिएको थियो । श्रीमान एग्ट १९७७ देखि १९८२ सम्म नेदरल्याण्ड्सको प्रधानमन्त्री थिए। उनी क्रिस्चियन डेमोक्रेट पार्टीका सदस्य थिए । नेदरल्यान्ड्समा सन् २००० मा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको थियो । यसअन्तर्गत ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि…
ललितपुर : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँल्याउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे । विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो । “हामीले गरेको विकास जनतासम्म पुगेको छ । अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ । विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्”, उनले भने । आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा…
काठमाडौं : दरवारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिक आठौं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा आवरण क्लिनिकले अभिनेत्री करिश्मा मानन्धरलाई आफ्नो ब्राण्ड एक्म्बेसडरको रुपमा नियुक्त गरेको छ । सोमबार आयोजित एक समारोहमा अभिनेत्री मानन्धरले आफू आवरण क्लिनिकको ब्राण्ड एम्बेसडर हुन पाउँदा तथा आफू पनि यहाँको सेवा लिन पाउँदा खुसी भएको बताइन् । आवरणले स्थापना कालदेखि नै अल्मा लेजर कम्पनी, लेज्र अप्टेक कोरिया लगायतका विश्वमै सर्वोत्कृष्ट उपकरणको साथमा सेवा दिँदै आएको छ । विशेषत कपाल प्रत्यारोपण तथा सौन्दर्य उपचारका लागि प्रख्यात यो क्लिनिकमा ३० भन्दा बढी देशबाट १ लाखभन्दा बढी सेवाग्राहीले सेवा लिइसकेका छन् । आवरणले दिने सेवाहरु विदेशमा सेवा…
काठमाडौं : काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ। महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो । हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिकोले अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताए । अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ । कञ्चनपुरमा मङ्गवार विद्यार्थी संगठनहरूले सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको भन्दै पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका नेता वासुदेव न्याैपानेले बताए । नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परिक्षामा राहुल नेपाली उदीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको आरोप उनीहरूको छ । सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुको नाम समावेश भएपनि मन्त्रालयले बेवास्ता गरेको विद्यार्थी संगठनहरूले बताएका छन् ।…

