नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आउने भएको छ । विहान १० बजे देखि सेवा प्रारम्भ गर्ने अस्पतालले जनाएको छ । यो सञ्चालनमा आएपछि सरकारी अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने भेरी अस्पताल लुम्बिनी प्रदेशकै पहिलो अस्पताल हुनेछ ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा पवनजंग रायमाझीले करीव २४ करोडमा खरीद भएको थ्री टेस्ला एमआरआई इन्सटलेशनको काम सम्पन्न भएपछि आजबाट सेवा प्रारम्भ हुन लागेको बताए । उनले मेसिनको औपचारिक उद्घाटन भने केही समय पछि हुने जानकारी दिए ।
उनले थ्री टेश्ला एमआरआई सरकारी अस्पतालमा प्राय नभएको बताए । अहिले १५० शैय्या स्विकृति पाएको भेरी ३०० शैय्यामा स्तरोन्नती हुने प्रक्रियामा छ ।