म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए । “बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।” भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते…
Aricle Tech
काठमाडौँ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ वर्षमा साढे २ लाखभन्दा बढीले डायलिसिस सेवा लिएका छन् । १२ वर्षमा २ लाख ५२ हजार ७६ जनाले सो सेवा लिएका हुन् । केन्द्रका अनुसार ३७ हजार ७ सय ९९ जनाले पैसा तिरेर सेवा लिएका हुन् भने २ लाख १४ हजार २ सय ७७ जनाले निःशुल्क डायलिसिस सेवा लिएका हुन् । सो केन्द्रबाट १२ सय ५ जनाले मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छन् । केन्द्रका अनुसार एक हजार एक सय ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेका छन् ।
काठमाडौं : जनस्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ । उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए । ५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्यले विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।
अछाम : इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ । २५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचाररत थिइन् । रावल नेपालगन्ज उपमहानगरपालिकामा सब–इन्जिनियरका रुपमा कार्यरत थिइन् । पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो ।
काठमाडाैं : झण्डै एक महीनादेखि पढाइ नभएपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधार्थी ६ दिनदेखि रिले अनशन बसेका छन् । शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको पठनपाठन र कामकाज प्रभावित भएको छ । झण्डै एक महीनादेखि पढाइ नभएपछि विद्यार्थीले रिले अनशन शुरू गरेका थिए । प्रतिष्ठानमा ६ दिनदेखि रिले अनशनमा बसिरहेका विद्यार्थीले अब आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।रिले अनशन बसिरहेका विद्यार्थीमध्ये राति अनशन बस्नेको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण अनशन बस्ने विद्यार्थी बिरामी पर्न थालेका छन् । बढुवा प्रक्रिया शुरू गर्नुपर्ने माग राखी गत पुस २९ गतेदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले…
कर्नाटक : भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो ।
मकवानपुर : मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ मा प्रकोप रूपमा फैलिएको भाइरल ज्वरो नियन्त्रण उन्मुख रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार गत ४ दिनदेखि राक्सिराङ गाउँपालिका–९ को तर्लिङ आसपासको क्षेत्रमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा रहेको हो । सूचना अधिकारी घिमिरेले डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीले भाइरल ज्वरो फैलिएको क्षेत्रमा उपचार सेवा प्रदान गरी अवस्था नियन्त्रणमा लिएको बताए । ‘भाइरल ज्वरोका बिरामी घट्दो क्रममा छन् । बिरामीको दर नियन्त्रणमा छ । ज्वरो फैलिएको जानकारी हुनासाथ पुगेको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले त्यहाँको अवस्था नियन्त्रणमा लिएको हो ’ उनले भने । राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय…
काठमाडाैं : मकवानपुरमा एकै गाउँका १२२ जना भाइरल ज्वरोको संक्रमणबाट बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका-९ टर्लिङमा एक हप्तायता भाइरल ज्वरो फैलिएको छ । ज्वरोकै कारण एक जनाको निधन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार काप्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १२२ जना बिरामी भएका छन् । ज्वरोकै कारण सोही गाउँका ५५ वर्षका टीकाबहादुर नगरकोटीको निधन भएको उनले बताए । उनको उपचारको क्रममा निधन भएको बताइएकाे छ । भाइरल ज्वरो फैलिएको ठाउँमा बिरामी हुनेमा बालबालिकादेखि सबै उमेर समूहका छन् । गाउँपालिकाले भाइरल ज्वरोका बिरामी बढेपछि स्वास्थ्य शिविर नै सञ्चालन गरिसकेको छ ।
लुम्बिनी : बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर अभियानको सुरुआत गरे । ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए । नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए। चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै…
गोरखा : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ । आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध…

