बैतडी : बैतडीमा यही फागुन १६ देखी दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । देशभर १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोपलाई असर पर्ने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए । ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रुपमा यो अभियान सुरु हुन लागेकाे हाे। जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि २१ गतेसम्म खोप अभियान संचालन हुने छ भने दशरथचन्द नगरपालिका मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख…
Aricle Tech
काठमाडाैं : सिकलसेल एनिमियाको संक्रमण वर्षेनी बढ्दै गएको छ । अहिले यसको संक्रमण अन्य समुदायमा देखिन थालेको छ। सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् । थारु समुदायमा देखिने सिकलसेल एनिमियाका कारण हरेक वर्ष धेरैले ज्यान गुमाउने गरेका छन् । तर, यसको यकिन तथ्यांक भने अहिलेसम्म सरकारसँग नभएको कैलालीको भजनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाशकुमार चौधरीले बताए । सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिमा राज्यमा पहिलो पटक देखिएको यो रोगबाट नेपालका बाँके, बर्दिया, दाङ लगायतका तराईका जिल्ला बढी प्रभावित छन् । थारु…
भक्तपुर : वीर अस्पतालपछि दोस्रो ठूलो अस्पतालका रुपमा स्थापना भएको भक्तपुर अस्पताल कुनै समय रिफर सेन्टरका रुपमा मात्रै परिचित थियो । तर पछिल्लो समय गुणस्तरीय सेवा दिंदै देशकै उत्कृष्ट अस्पतालको उपमा पाउन सफल भएको छ । बेलायत सरकारको करिब ३४ करोड सहयोगमा निर्मित सुविधासम्पन्न भवनबाट गुणस्तरीय सेवा दिन भालेको हो । यो अस्पतालको स्तरवृद्धि गर्दै प्रदेश सरकारले आफुमातहत लिएर तीन सय शैय्या संचालनका लागि तयारी थालेसँगै नयाँ भवनबाट प्रसुती वार्ड सुरु गरिसकेको छ । एक हप्ताभित्रै शल्यक्रिया कक्ष, १५ शैयाको आइसीयु, मोडुलार ओटी सञ्चालनको तयारीमा रहेको छ । ओटी भवनको विधिवत उद्घाटन भने हुन बाँकी रहेपनि भवन विभागबाट अनुमति पाएसँगै सेवा दिन…
काठमाडौं : अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो। ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएकोछ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ । निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार सेवाको लागि ४१ वटा अस्पताल र ३२३ शय्या उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्चालमार्फत सो जानकारी गराएका हुन् । यो व्यवस्था कार्यान्वयन गराउन ‘काठमाडौं महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत भई महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरुलाई गत फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरिसकिएको उनले जानकारी गराए । महानगरले कोही नभएका र केही नभएकाले न औषधि किन्न सक्ने, न कुनै शुल्क तिर्न सक्ने व्यक्तिको सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क हुनुपर्ने भन्दै यो प्रणाली सुरु गरेको हो । महानगरले…
काठमाडौं : काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको टोलीले अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाएको हो । अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ बैशाख १६ गते) पत्राचार गरेर ९ बुँदे सुधारका सुझाव दिइएको थियो । फोहोरको रेकर्ड राख्न, बिनहरुमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, बिसर्जन पूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए । तर, गर्नु भनेका कामहरु अहिले पनि नगरेको पाइएको छ । अस्पतालमा…
चितवन : बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले ‘सबै नीतिमा स्वास्थ्य नीति’ लागू गर्ने योजनाले सार्थक रूप लिएको र अब प्रत्येक मन्त्रालयका नीति निर्माणमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए । मानव स्वास्थ्य र रोगमा स्वास्थ्य क्षेत्रका सामाजिक निर्धारकहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले भने, “मानव स्वास्थ्यलाई असर गर्न सक्ने स्वास्थ्यका सामाजिक निर्धारकहरूमा गैरस्वास्थ्य क्षेत्र र विषयहरूले प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने…
काठमाडौं : चिकित्सा शिक्षा आयोगले शुल्क लिइ शिक्षण संस्थाहरूको अनुगमन नगर्न निर्देशन दिएको छ । आयोगको फागुन ८ गतेको कार्यकारी समिति बैठकले अनुगमन नगर्न परिषद्लाई पत्राचार गर्ने निर्णय गरेको हो ।राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले शैक्षिक संस्थाको प्रशासनिक तथा प्राविधिक अनुगमनको अधिकार आयोगलाई दिएकाले परिषद्ले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गर्न नपाउने आयोगले जनाएकाे छ । आयोगको कार्यक्षेत्र परेको विषयमा प्रचलित कानुनको अवज्ञा हुनेगरी, परिषद्ले समेत शिक्षण संस्थाबाट शुल्क लिएर अनुगमन गर्ने कार्य उल्लेखित ऐन, नियमावली र कार्यविधीको प्रतिकूल हुने निर्णयमा उल्लेख छ ।
विराटनगर : नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष ९ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो । खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्मजीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताए । अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँहरुको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ । होटलहरु व्यस्त सडकको नजिक हुँदा धुलो, धुवाँको समस्या पनि थपिएको छ…
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको बताइएको छ। मंगलबार साँझ शल्यक्रिया सकिएको हो। शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ। यो शल्यक्रिया उनको दोस्रोपटक हो। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए। साधाण भाषामा लाइपोमा भनेको मानिसको शरीरिमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोकोे साधारण डल्लो (ट्युमर) हो । यसको आकार धेरैजसो पाँचदेखि दश सेण्टिमिटरको गुच्चा जस्तो छाला बाहिरबाट देख्न सकिने डल्लो हो । यो शरीरका एक वा एक भन्दा बढी भागमा आउन सक्छ । लाइपोमा साधारण समस्या हुँदाहुँदै पनि समस्याको विभिन्नताले…

