काठमाडाैं : शिविरबाट रेफर भएर आएका २० बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क शल्यक्रिया भएको छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माको सहयोगमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया भइरहेको हो। आजसम्म २० जना बिरामीकोे उपचार र शल्यक्रिया निःशुल्क भएको नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए शिविरबाट थप उपचार तथा शल्यक्रियाका लागि रेफर गरिएका बिरामिको निःशुल्क उपचारका लागि सहयोग र समन्वय नेविसंघ डडेल्धुराका सभापति पवन ऐर र सदस्य भट्टले गरिरहेका छन्। दुर्गम गाउँका जनतालाई स्वास्थ चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस्…
Aricle Tech
खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । श्रीमान्को मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी फुरदिकु गत माघ ३ गतेदेखि आफैँ बिरामी परिन् । मानसिक रोगले ग्रसित फुरदिकुलाई अहिले परिवारका अन्य सदस्यले माइती घर अगाडि काठको खोर बनाएर त्यसभित्र राखेका छन् । काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने…
खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका ६ सामुदायिक स्वास्थ्य इकाइमध्ये चारवटा बन्द भएका छन् । स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्यचौकी सरह सेवा दिनेगरी गाउँपालिकाले छ स्थानमा इकाइ स्थापना गरिएकामा अहिले जन्तेढुङ्गा–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइमात्र सञ्चालनमा छन् । स्वास्थ्य इकाइको उचित व्यवस्थापनमा गाउँपालिका प्रशासनले बेवास्ता गर्दा वडा नं ४ डम्बर्खुशिवालयस्थित बाम्राङ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ, वडा नंं ५ चिसापानीको खुटा छिरुवाधारा र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ…
काठमाडौं : दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन सुरु हुँदैछ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् । काठमाडौँ महानगरपालिकामा…
धनकुटा : धनकुटाको भेडेटारमा एम्बुलेन्समा राखेर लैजाँदै गरिएको अवस्थामा ५२ किलोग्राम गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले एम्बुलेन्स चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चेललाई नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स विराटनगरस्थित नोबेल अस्पतालबाट साँगुरीगढी गाउँपालिका–३ मा बिरामी लिएर आएको जनाइएको छ । बिरामी पुर्याएर फर्कने क्रममा गाँजा बोकेर लैजाँदै गरेको इलाका प्रहरी कार्यालयका प्रमुख जीवन कार्कीले जानकारी दिए ।
काठमाडौं, १३ फागुन । छिमेकी देश भारतमा शल्यक्रिया गर्दा रोबोटको प्रयोग बढेको छ । चिकित्सकको सहभागिता र रोबोर्टको प्रयोगबाट हुने शल्यक्रियाहरु प्रभावकारी र कम जोखिमयुक्त हुने गरेको विशेषज्ञले बताएका छन् । भारतको एपोलो अस्पतालका पेटरोग शल्यचिकित्सक डा. अरुण कुमारले रोबोर्टिक सर्जरी विज्ञानको अभूतपूर्व आविष्कार भएको बताए । राजधानीमा सञ्चालन भएको ग्यास्ट्रोइन्ट्रो सर्जनहरुको सम्मेलनमा भाग लिन आएका डा. अरुणले भारतमा पछिल्लो समय अधिकांश शल्यक्रिया रोबोर्टको सहयोगमा हुनथालेको बताए । न्यूनतम भारतीय रुपैयाँ ५ करोड पर्ने रोबोर्टलाई शल्यक्रियामा प्रयोग गर्ने गरिएको छ । युरोपियन र अमेरिकन रोबोर्टलाई भने करिब २० करोड भारु पर्ने डा. अरुणको भनाइ छ । ‘सर्जरी गर्ने चिकित्सक नै…
काठमाडौं: काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमै १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले गत आर्थिक वर्ष २०७९/८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए । उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो ।…
काठमाडौं : नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ । अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे । सार्वजनिक स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ । राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कुल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ । लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा…
चितवन : भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ । वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे। यस्तै वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन् । छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रथम पक्ष अर्थात् वडावासीले…
काठमाडौँ: काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट हिजो राति ११:४५ मा उद्धार गरेको हो । बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी…

