काठमाडौं : चिकित्सा शिक्षा आयोगले शुल्क लिइ शिक्षण संस्थाहरूको अनुगमन नगर्न निर्देशन दिएको छ । आयोगको फागुन ८ गतेको कार्यकारी समिति बैठकले अनुगमन नगर्न परिषद्लाई पत्राचार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले शैक्षिक संस्थाको प्रशासनिक तथा प्राविधिक अनुगमनको अधिकार आयोगलाई दिएकाले परिषद्ले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गर्न नपाउने आयोगले जनाएकाे छ ।
आयोगको कार्यक्षेत्र परेको विषयमा प्रचलित कानुनको अवज्ञा हुनेगरी, परिषद्ले समेत शिक्षण संस्थाबाट शुल्क लिएर अनुगमन गर्ने कार्य उल्लेखित ऐन, नियमावली र कार्यविधीको प्रतिकूल हुने निर्णयमा उल्लेख छ ।