काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो । डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए। परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो ।
Aricle Tech
काठमाडौं : विभिन्न मेला, महोत्सव तथा सडक पेटीहरुमा बेचिने कटन क्यान्डीमा क्यान्सर गराउने केमिकल भेटिएको पाइएको छ । खाद्य गुणस्तर जाँचको क्रममा चीनीबाट तयार गरिने कटन क्यान्डीमा कपडा उद्योगमा प्रयोग गरिने रोडोमाइन-बी केमिकल प्रयोग हुने गरेको पाइएको हो । रोडामाइन–बी केमिकलको प्रयोगले मानव शरिरमा क्यान्सर रोग उत्पन्न गराउन सक्ने चिकित्सकहरुले बताएका छन् । उक्त केमिकलको प्रयोगले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ । कटन क्यान्डीमा यस्तो घातक केमिकल भेटिएको पाइएपछि भारतका विभिन्न राज्यमा कटन क्यान्टीको खरिदबिक्री तथा उत्पादनमा प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि पछिल्लो केही सातायता केही स्थानीय तहहरुले कटन क्यान्डीको खरिदबिक्री तथा प्रयोगमा…
काठमाडाैं- नेपाल औषधि व्यवसायी संघ ललितपुर शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन् । दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । शाखाको वरिष्ठ उपाध्यक्ष मनोज अमात्य , उपाध्यक्ष थोक राजु पन्थी , उपाध्यक्ष खुद्रा प्रदिप राज पौडेल, महासचिव सजन श्रेष्ठ , कोषाध्यक्ष सुप्रीया शाक्य , सचिव सुमेन्द्र राज प्रकाश , उप कोषाध्यक्षस् सरला खड्का सिलवाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा मनिष श्रेष्ठ , बिनोद बोगटी , सुदिप हमाल, बिकल राज भट्टराई , भावना बगाले क्षेत्री थापा चयन भएका छन् ।
काठमाडौं, ६ फागुन । राजधानीको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिंग हस्पिटलले उत्कृष्ट डेन्टल कलेजको उपाधी प्राप्त गरेको छ । दन्तचिकित्सा, अनुसन्धान र प्रवर्धनमा क्रियाशिल अन्तराष्ट्रिय संस्था साइनोडेन्टले राजधानीमा सम्पन्न दशौं अन्तराष्ट्रिय डेन्टल कन्फ्रेन्सका अवसरमा कान्तिपुरलाई उपाधिबाट सम्मान गरेको हो । सो अवसरमा साइनोडेन्टकी सिइओसमेत रहेकी इण्डियन सोसाईटी अफ डेन्टिस्ट्रीकी अध्यक्ष डा. अनमोल बगरियाले अत्याधुनिक प्रविधिसहित कलेज एवं अस्पतालले नेपालमा दन्तचिकित्साको प्रवर्धन र विकासमा ठूलो भूमिका खेलेको उल्लेख गरिन् । संस्थाले विश्वका विभिन्न देशमा दन्त चिकित्सा सेवा एवं शिक्षामा योगदान गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्ने गरेको छ । कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेजले प्राप्त गरेको अवार्ड दन्त चिकित्साको शिक्षा…
स्याङ्जा : पुतलीबजार नगरपालिका र सेभ द हर्टको आयोजना पुतलीबजारमा आयोजित २ दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरमा आएकामध्ये ४५ जनाको निःशुल्क उपचार हुने भएको छ । शिविरमा मनमोहन कार्डियो थेरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर सहिद गंगालाल र नेपाल कार्डियो डायबेटिज एन्ड थाइराईड सेन्टरको प्राविधिक सहयोग तथा द हर्ट अफ चिल्ड्रेनको सपोर्ट रहेको छ । वर्षौंदेखि मुटुको समस्या झेल्दै आएका नगरबासीलाई लक्षित गर्दै विशेषज्ञसहितका ख्यातिप्राप्त प्राध्यापक डा.सहितको टिमसँग सहकार्य गर्दै निःशुल्क उपचार उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । उनले भने, ‘नगरबासीको स्वास्थ्यको ध्यान दिँदै आगामी दिनमा पनि यस्ता उपकारी सेवालाई निरन्तरता दिनेछौं ।’ शिविरमा मुटुरोगसम्बन्धी निःशुल्क परामर्श, इको कार्डियोग्राफी,…
काठमाडौँ : बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताइन्। “वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ”, उनले भनिन्, “क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ ।” डा तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा…
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा ‘पेनलेस डेलिभरी’ सेवा सुरु भएको छ। उक्त प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ। बिहीबार पहिलोपटक परशुराम नगरपालिकाकी मिना गिरीले सोही प्रविधिबाट बच्चा जन्माएकी थिइन्। त्यस्तै शुक्रबार गन्यापधुरा गाउँपालिकाकी मनीषा बोहराले प्रसूति पीडाविनना नै सोही विधिबाटै बच्चा जन्माएकी छिन्। सोही प्रविधिबाट बोहराको बच्चालाई जन्म दिनका लागि डडेल्धुरा अस्पतालमा एनेस्थेसियोलोजिस्ट डा. रोमन कार्की र प्रसुती रोग विशेषज्ञ डा. स्मृति शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो। एपिड्युरल एनेस्थेसियामार्फत बच्चा जन्माउँदा निकै सहज हुने रहेछ,’ बोहराले भनिन्, ‘प्रसव पीडा नै नहुने रहेछ। अन्य महिलालाई पनि यो प्रविधि प्रयोग गर्न आग्रह गर्दछु।’ पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा आमाले सहनुपर्ने पीडा कम हने डडेल्धुरा अस्पतालका…
सुन्दरहरैँचा : रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध गराएको २५ लाख ५० हजार रुपैयाँबाट एम्बुलेन्स खरिद गरिएको हो। एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिए। विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए। एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार रुपैयाँ उपलब्ध गराएका थिए। उनीसहित…
काठमाडौँ : संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ । संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौँ भने हामीले शैली बदल्नै पर्छ । शैली बदल्नका लागि नियत बदल्नुपर्छ, नियत बदलियो भने मात्र भएका नीतिले काम गर्छ भन्ने मैले अनुभूत गरेकी छु । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अल्पमतमा भए पनि सही हामीले मुद्दा सही ठाउँमा सही तरिकाले सही व्यक्तिमार्फत उठाउने हो भने काम गर्न सकिन्छ भनेर अघि…
काठमाडौं : नेपाल चिकित्सक संघ र सामाजिक संस्था ‘साथसाथै’बीच जलवायू न्यायका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने गरी बिहीवार सम्झौता भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौता पत्रमा उल्लेख भएको छ । स्वास्थ्य, शिक्षा, सामाजिक सचेतना सहितमा दुई संस्थाबीच सहकार्य हुने आपसी सम्झौतापत्रमा उल्लेख छ। सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.अनिलविक्रम कार्की र ‘साथसाथै’बाट अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरे। ‘साथसाथै’ले सगरमाथा हिमाल सहित विभिन्न हिमालय क्षेत्र, मेलम्ची, मधेशमा जलवायु न्यायका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ। आउँदो मार्च ८ तारिखमा जलवायू परिवर्तनबाट पारेको…

