काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको बताइएको छ।
मंगलबार साँझ शल्यक्रिया सकिएको हो। शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ।
यो शल्यक्रिया उनको दोस्रोपटक हो। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए।
साधाण भाषामा लाइपोमा भनेको मानिसको शरीरिमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोकोे साधारण डल्लो (ट्युमर) हो । यसको आकार धेरैजसो पाँचदेखि दश सेण्टिमिटरको गुच्चा जस्तो छाला बाहिरबाट देख्न सकिने डल्लो हो । यो शरीरका एक वा एक भन्दा बढी भागमा आउन सक्छ ।
लाइपोमा साधारण समस्या हुँदाहुँदै पनि समस्याको विभिन्नताले गर्दा यदि हड्डीमा छोएछ भने सार्कोमा ( हड्डीको क्यान्सर) पनि हुन सक्छ । त्यसैले यस्ता गम्भीर खालको लाइपोमालाई अर्थोअन्कोलाजिष्ट (हड्डीको कयान्सरका चिकित्सक) लाई जँचाउनु पर्ने हुन्छ ।