भक्तपुर : वीर अस्पतालपछि दोस्रो ठूलो अस्पतालका रुपमा स्थापना भएको भक्तपुर अस्पताल कुनै समय रिफर सेन्टरका रुपमा मात्रै परिचित थियो । तर पछिल्लो समय गुणस्तरीय सेवा दिंदै देशकै उत्कृष्ट अस्पतालको उपमा पाउन सफल भएको छ ।
बेलायत सरकारको करिब ३४ करोड सहयोगमा निर्मित सुविधासम्पन्न भवनबाट गुणस्तरीय सेवा दिन भालेको हो । यो अस्पतालको स्तरवृद्धि गर्दै प्रदेश सरकारले आफुमातहत लिएर तीन सय शैय्या संचालनका लागि तयारी थालेसँगै नयाँ भवनबाट प्रसुती वार्ड सुरु गरिसकेको छ ।
एक हप्ताभित्रै शल्यक्रिया कक्ष, १५ शैयाको आइसीयु, मोडुलार ओटी सञ्चालनको तयारीमा रहेको छ । ओटी भवनको विधिवत उद्घाटन भने हुन बाँकी रहेपनि भवन विभागबाट अनुमति पाएसँगै सेवा दिन सुरु गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।