काठमाडौं, १२ फागनु । प्राकृतिक चिकित्सा क्षेत्रको अग्रणी अस्पताल स्पार्क हेल्थ होमले स्थापनाको ३२ औं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसको अवसरमा अस्पतालले शुक्रवार निःशुल्क परीक्षण, रक्तदान, पत्रकार अन्तरक्रिया लगायतको कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले योग केन्द्रबाट सुरु भएको अस्पताल प्राकृतिक उपचारको हब बनेकोमा गौरव व्यक्त गरे । अस्पतालमा हाल २५ बेडको सुविधासहित अन्तरंग सेवा समेत सञ्चालित छ । अस्पतालमा आउने सेवाग्राहीको सन्तुष्टिले नै अस्पतालको वृद्धिविकास भएको रिजालले बताए । उनका अनुसार अस्पतालमा हाल दैनिक करिब ५ सय जनाले अन्तरंग र बहिरंग सेवा लिइरहेका छन् । अस्पताल नेचुरोपेथी, योग र फिजियोथेरापीबाट गरिने उपचारका…
Aricle Tech
काठमाडौं : काठमाडौंको थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु चोरी भएको छ । मास्क लगाएकी एक महिलाले प्रसूति गृहबाट शिशु लगेको सीसीटिभी फुटेजमा देखिएको छ । ती महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको हो । प्रहरी अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको थियो । ती महिलाले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका अपरिचित व्यक्तिलाई…
चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए । उनका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताए । “बोनम्यारोलाई चलनचल्तीको भाषामा यसलाई रगतमासी भनिन्छ । क्यान्सरका कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्नका लागि यो काम थालेका छौँ”, उनले भने ।…
डोटी : जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो । शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताए। शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो ।…
काठमाडौं : काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले विभिन्न पदमा २० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा रहेको उक्त अस्पतालले परियोजना संयोजक २ जना, रिसर्च असिस्टेन्ट १६ जना, कार्यक्रम अधिकृत एक जना र मेडिकल अफिसर एक जना मागेको हो । अन्तर्वार्ताबाट छनोट हुने ती पदमा आवेदन दिन इच्छुकले किओचको कार्यालय बुढानिलकण्ठ वा hr@kioch.org.np मा इमेलमार्फत दरखास्त पेश गर्न सक्नेछन् ।
काठमाडौं : सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका…
डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउन स्वास्थ्य परीक्षण गर्न थालेको छ । परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो । त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए । जोशीका अनुसार मंगलबारदेखि परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो। त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएका छन्। विद्यार्थीको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका रोगबारे अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक उपचार गर्ने उद्येश्यसहित स्वास्थ्य परीक्षण गर्दै विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउने कार्यक्रम परशुराम नगरपालिकाकाले…
काठमाडौं, १० फागुन । काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाउने लक्ष्यका साथ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप अभियान सुरु गर्न लागेको छ । आइतवारदेखि सुरु हुने अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाउन लागिएको हो । कार्यालयले अभियान अन्तर्गत ५ लाख ९७ हजार ३ सय ५ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले १५ दिने खोप अभियानमा काठमाडौंका ११ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ । काठमाडौं महानगरमा सबैभन्दा धेरै २ लाख ५० हजार बालबालिकालाई खोपका लागि योग्य रहेको तथ्यांक रहेको छ । त्यस्तै शंखरापुरमा…
काठमाडाैं : प्रमुख प्रतिपक्षी दल एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले उनीहरूको माग गरेका हुन् । उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका थिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको चर्चा गर्दै मन्त्रीको झन्डा हल्लाएर अख्तियारको बयान दिन जान लाज लाग्नुपर्ने बताए । ‘पञ्चायतकालका मन्त्रीहरूले पनि बरु नैतिकता देखाउँथे । तर, सुशासनको गफ…
लुम्बिनी : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो । ‘सेकेण्डरी बी लेभल’ अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए । स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिका अनुसार न्यूनतम मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पतालले यस वर्ष ८९ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष पनि ८० अंक प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले जानकारी दिए…

