Aricle Tech

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले (कामपा) ले सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ । कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलका अनुसार सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहर उत्पादकहरुले दायित्वबोध गरेर नागरिक र कानुनी दायित्व पूरा गरी फोहरको दिगोरुपमा व्यवस्थापन गर्नुपर्ने छ । सोहीअनुरुप कामपाले पछिल्लो एक सातादेखि अस्पतालजन्य फोहर व्यवस्थापन विषयमा अनुगमन सुरु गरेका छ । “अस्पतालजन्य फोहर अन्य फोहरभन्दा…

विस्तृतमा...

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विशेष विद्यालय स्थापना गरिएको बताएकी छन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विशेष विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाभन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरेकी हुन् । नेपाल सरकारको मान्यता प्राप्त पहिलो अटिजम विशेष विद्यालय भरतपुर महानगरले स्थापना गरे पनि स्तरोन्नति भने पर्याप्त रूपमा नभएको प्रमुख दाहालले बताइन् । विगत र अहिले केही परिवर्तन भए पनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथमिकतामा राखेर काम…

विस्तृतमा...

सुर्खेत : नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मेहलकुना र गुर्भाकोट नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालित आँखा शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको हो । जम्मा २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकिकृत…

विस्तृतमा...

लुम्बिनी : नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ-शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री…

विस्तृतमा...

काठमाडौं : ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ का लागि सबै स्टल बुक भएका छन् । नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए । उनका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन् । ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदै छ । उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५०…

विस्तृतमा...

काठमाडौं, ८ फागुन । फागुन २५ गतेदेखि चितवनमा सुरु हुने नवौं फर्मा एक्स्पोले नेपालका औषधि उद्योगीहरुको उत्पादनलाई विदेश निर्यातको ढोका खोल्ने नेपाल औषधि उत्पादक संघले दावी गरेको छ । फर्मा एक्स्पोका बारेमा स्वास्थ्य डायरीसँग कुरा गर्दै संघका अध्यक्ष महेशप्रसाद प्रधानले नेपाली उद्योगले औषधिमा आत्मनिर्भरताका साथै निर्यातको सम्भावनालाई खोजेको बताए । ‘हामी औषधिमा आत्मनिर्भर हुनेमात्र नभई निर्यातका लागि पनि अन्तराष्ट्रिय बजार खोज्ने अवस्थामा पुगिसकेका छौं ।’ उनले भने । हेरौं भिडियो औषधिमा आत्मनिर्भरताको लागि प्रयास गरिरहेका बताउने उद्योगीहरुले निर्यातका बारेमा पनि केही वर्षदेखि बहस चलाइरहेका छन् भने केही कम्पनीले विदेशमा औषधि निर्यातको थालनी समेत गरेका छन् । यस वर्ष हुने एक्स्पोमा…

विस्तृतमा...

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार उपमहानगरले वडा नम्बर १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने शिविर सम्पन्न गरेको हो । उपमहानगरले नेपालगञ्जको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समन्वयमा क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । क्यान्सर स्किनिङ्ग शिविरमा २ सय ४७ जना महिला र ३६ जना पुरुष गरी २ सय ८३ जनाले निःशुल्क सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । शिविरमा सेवा लिएकामध्ये १४ जना महिला पाठेघरको मुखको क्यान्सरको शंकास्पद बिरामी भेटिएको, १८ जना महिलामा पाठेघरको मुखमा घाउ भएको, तीन जना…

विस्तृतमा...

काठमाडाैं : नेपाल पशु चिकित्सा परिषद्ले बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न सम्पूर्ण दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ । पशु सेवा विभागले नेपालको गण्डकी र बाग्मती प्रदेशका केही जिल्लाहरूमा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएकाले थप सङ्क्रमण फैलन नदिन बङ्गुर र बङ्गुरजन्य पदार्थको ओसारपसार बन्द गर्नुपर्ने परिषद्ले जनाएको छ । अफ्रिकन स्वाइन फिभर रोग द्रूत गतिमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सङ्क्रमण देखिएको ठाउँहरूबाट बङ्गुरको ओसारपसार नगर्न परिषद्ले आग्रह गरेको छ । रोग नियन्त्रणका लागि सरकारी, निजी तथा गैरसरकारी निकायमा कार्यरत सबै दर्तावाल पशु चिकित्सकहरूले तिनै तहका सरकारसँग समन्वय र सहकार्य…

विस्तृतमा...

चितवन : जिल्लामा एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिए । उनका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ । यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिने छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उनले…

विस्तृतमा...

काठमाडौं : वीर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका आधा औषधि नरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका सर्जिकल सामान र सर्जरी गर्दा आवश्यक पर्ने औषधीहरूमध्ये आधाआधी औषधीहरू मात्र उपलब्ध रहेको, म्याद नाघेका औषधीको नियमानुसारको भण्डारण नभएको, अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधी उपलब्ध नरहेको पाइएको हो । सरकारी अस्पतालहरूको फार्मेसीमा स्वास्थ्य बीमा, क्यान्सर, कडा रोग ठुलो शल्यक्रियाहरूको औषधी नराखी निजी फार्मेसीहरूमा किन्न बाध्य बनाउने गरेको र निजी फार्मेसीहरूले बिरामीहरूलाई दर्ता नभएका र कम गुणस्तरका औषधीहरू बेच्ने गरेको मन्त्रालयले जनाएको छ । यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण…

विस्तृतमा...