Aricle Tech

कालिकोट : जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–८ स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। सोही गाउँपालिका–९ का वडाध्यक्ष नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेदित शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिए पछि प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरी प्रहरी हिरासतमा राखेको हो । जनप्रतिनिधिमाथि नै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिए । यता आरोपित बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन् ।

विस्तृतमा...

काठमाडाैं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नीका सर्जन तथा एसोसिएट प्रोफेसर डा रोशन कलवारमाथि प्रहरीले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका उनी विरोध गरिरहेका थिए । तर, शान्तिपूर्ण रुपमा विरोध गर्दा पनि सुरक्षा निकायले दमन गरेकोमा संघले आपत्ति जनाएको हो । संघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा रोशन कलवारले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सुरक्षाकर्मीबाट गरिएको दमन प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा शान्तिपूर्ण रूपले विरोध गर्ने सबै नागरिकलाई सुरक्षाकर्मीबाट सार्वजनिक…

विस्तृतमा...

काठमाडौं : भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले मङ्गलबार एक कार्यक्रम गर्दै सेवा सुरु गरेदेखि २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको हो । अस्पतालले २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार यस अवधिमा २३ जना बिरामीले मिर्गौला प्रत्यारोपण गरिसकेको छ । १५० प्रत्यारोपणका आएकामध्ये २३ जनाको सफल प्रत्यारोपण गरिएको छ भने नौ जना प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । १७ वर्षको युवा देखि ६५ वर्षका वृद्धको सफल रूपमा प्रत्यारोपण गरिएको ड.पौडेलको भनाई छ । मिर्गौला…

विस्तृतमा...

काठमाडौं : दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम) को समस्यामा रहेको पाइएको छ ।  वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताएका छन् । डा श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ । ३५ डेसिबलभन्दा कम सुन्ने मानिसलाई बहिरोपन भएको भनिन्छ । नेपालमा हुने अपाङ्गतामध्ये सबैभन्दा बढी बहिरोपनका रहेका उनको भनाइ छ । विश्वमा करिब ४६ करोड मानिस बहिरोपनको समस्यामा छन् । बहिरोपन हुनुका कारण गर्भमा रहेको बेला आमालाई कुनै कडा खालको रोग लाग्नु, जन्मँदा कम तौलको बच्चा जन्मनु…

विस्तृतमा...

काठमाडौं : जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौं क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।जापान सरकारले ७४ हजार ३३ अमेरिकन डलर बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । जापानले क्यान्सर सेन्टरलाई अपरेसन रुमका लागि क्यामरा मोनिटर र लाइटहरु सहयोग गरेको छ ।राजदूत किकुताले यी सामाग्रीहरुले स्वास्थ्य सेवा उपलबध गराउन सहज हुने विश्वास व्यक्त गरे । काठमाडौं क्यान्सर सेन्टर सन् २०१६ मा स्थापना भएको हो । सेन्टरले क्यान्सरको उपचार र परामर्श प्रदान गर्दै आएको छ ।

विस्तृतमा...

काठमाडाैं : काठमाडौं महानगरपालिकाले १ फागुनदेखि सुरु गरेको लक्षित वर्ग निःशुल्क उपचारअन्तर्गत २६ फागुनसम्म ११ जनाले सेवा लिएका छन् । जसमध्ये पाँचजना उपचारपछि डिस्चार्ज भइसकेको महानगरपालिकाले जनाएको छ । महानगरका जनस्वास्थ्य निरीक्षक घनेन्द्र श्रेष्ठका अनुसार कालीकोटको रासकोट नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका, धादिङको ज्वालामुखी गाउँपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका, चितवनको भरतपुर महानगरपालिकाका सेवाग्राहीले यसअन्तर्गत सेवा लिएका छन् । सेवाग्राहीलाई काठमाडौं मोडेल अस्पताल, पिपुल्स कलेज एन्ड डेन्टल हस्पिटल, नेसनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाडौं हस्पिटलले सेवा दिएका छन् । प्रणालीमा ५२ वटा अस्पताल आवद्ध छन् । यसमा ३७४ शड्ढया निःशुल्क उपचारका लागि उपलब्ध छन् । विपन्न, असहाय र वेवारिसेका लागि निःशुल्क उपचार सेवा…

विस्तृतमा...

काठमाडौँ : देशभर पशु चिकित्सक आवश्यकता भन्दा कम दर्ता भएका छन् । नेपाल पशु चिकित्सा परिषद्का अनुसार देशभर १ हजार १८० जना पशु चिकित्सकको कमी भएको पाइएको छ । परिषद्को पछिल्लो अध्ययन अनुसार तत्काल नेपालमा ३ हजार १६२ जना पशु चिकित्सकको आवश्यकता देखिएको छ । तर परिषद्मा जम्मा १ हजार ९८२ जना पशु चिकित्सक दर्ता भएका छन् । देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ परिषद्ले जनाएको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् । हालै मात्र भएको भएको पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् ।…

विस्तृतमा...

काठमाडौं । सुदूरपश्चिम बाहेकका ६ प्रदेशले दुर्लभ रक्तरोग हेमोफिलियाका बिरामी पहिचान गर्न आवश्यक रिएजेन्ट खरिद नगर्दा करोडौंको मेशिन थन्किएर बसेको छ भने समयमै बिरामी पहिचान नहुँदा पीडितले असह्य पीडा र मृत्युवरण गर्नुपरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सोमबार राजधानीमा आयोजित हेमोफिलियाका बिरामीको निदान, हेरचाह र उपचारका सम्बन्धमा प्रदेशहरुसँग गरिएको छलफल कार्यक्रममा रगतरोग विशेषज्ञ, वंशानुरोग विशेषज्ञ र हेमोफिलिया सोसाइटीका अधिकारीहरुले हेमोफिलिया रोगका लागि विशेष प्राथमिकता दिन अनुरोध गरेका हुन् । रगत जम्ने प्रकृयामा अवरुद्ध हुने यस दुर्लभ रोगका बिरामीको समयमै उचित पहिचान र उपचार हुननसके अपांगता हुने र मृत्युसमेत हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार देशभर करिब…

विस्तृतमा...

सुदूरपश्चिमः रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ । खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो । स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ (साङ्केतिक चिह्न) गरिएको छ । बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ । कैलालीसहितका जिल्लामा विपन्न समुदाय रहेको ग्रामीण बस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ । भेटेरेनरी…

विस्तृतमा...

काठमाडाैं : कुमारी बैंकका कर्मचारी र सेवाग्राहीले काठमाडौं क्यान्सर सेन्टरबाट विशेष सहुलियत पाउने भएका छन् । काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंकबीच बैंकका सबै कर्मचारीहरु र  परिवारका सदस्यहरू (आमाबाबु, पति/पत्नी, छोराछोरी), खातावालाहरू, डेबिट/क्रेडिट कार्डहोल्डरहरू र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई सदस्यता छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र  कुमारी बैंकको तर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्ण कुमारी केसीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्नेछ ।

विस्तृतमा...