काठमाडौँ : गत फागुन ३० गते दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसर भित्र हुल हुज्जत गर्दै, अस्पतालमा तोडफोड गरी क्षति पुर्याएको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य गरेकोप्रति यस संघले घोर भर्त्सना गरेको हो । उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उपचारको दौरानमा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था भएको संघले जनाएको हो । ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको…
Aricle Tech
दाङ : घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका छन् । राजपुर गाउँपालिका-१ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो । अस्पतालअगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका…
काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि मृत्युपश्चात डढेर जाने अंगलाई दान गर्न आग्रह गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बोल्दै उनले खेर जाने अंगलाई दान गर्दा अरुको जीवन जोगिने बताएका हुन् । ‘अघिल्लोपटक स्वास्थ्यमन्त्री हुँदा मैलै सबै अंग दान गरिसके । यहाँहरुले पनि आफ्ना अंग दान गरेर अरुलाई नयाँ जीवन दिनसक्नु हुन्छ’ उनले भने । विश्व मिर्गौला दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेका थिए । दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, पदयात्रा र अन्तरक्रिया कार्यक्रम पनि गरिएको…
काठमाडौं : राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरुको अंग झिकेर दान गर्नसक्ने कानुनी प्रावधानबारे धेरैलाई जानकारी नभएको बताएका छन् । जनचेतनाको अभावका कारण मृत्यु भइसकेपछि खरानी भएर खेर जाने अंग दान नभइरहेको उनले बताए । विश्व मिर्गौला दिवसको अवसरमा बिहीवार आयोजित प्रभातफेरि, प्रत्यरोपण खेलकुद लगायत कार्यक्रमका क्रममा बोल्दै डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका मानिसको अंग झिक्न मिल्ने कानून बनेको लामो समयसम्म पनि न्यून अंग संकलन भइरहेको बताएका छन् । ‘मरेपछि पनि अंग काटेर दान गर्न हिच्किचाउँछन् यसमा चिकित्सकले पनि सम्झाउन आवश्यक छ । उहाँहरु पनि हिच्किचाउँछन्’ उनले भने, ‘कलेजो, मृर्गौला प्यानक्रियाज लगायतका अंग दान गर्न अंग…
काठमाडौं : वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले मृर्गौला पीडित बिरामीमा मात्रै सबैको ध्यान गएकाले यो रोगको रोकथाम हुन नसकेको बताएका छन् । उनले मृर्गौला बिग्रिसकेपछि मात्रै उपचार खोज्नुले यो रोगको रोकथाम हुन नसक्ने बताए । ‘नेपालमा करिब ३ करोड जनसंख्या छ । त्यसमध्ये ३० लाखमा मृर्गौलासम्बन्धी केही न केही समस्या छ । ३ लाखको मृर्गौला बिग्रिन थालेको छ । यस्तै ३० हजारको नराम्रोसँग बिग्रिएको छ भने ३ हजार व्यक्तिलाई अन्तिम अवस्थामा आएर डायलासिस र प्रत्यारोपण चाहिन्छ’ उनले भने, ‘हाम्रो ध्यान त्यो ३० हजारमा गएको छ । तर ३ करोडमा गएको छैन ।’ उनका अनुसार उच्च रक्तचाप, मधुमेहका,…
काठमाडौं : विनयतारा फाउण्डेसनले जनकपुरमा सञ्चालित २५ शय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर स्तरोन्नति गरी दुई सय शय्याको बनाउने भएको छ । फाउण्डेसनका अध्यक्ष डा विनय साहले अस्पताल निर्माणको अनुमति, आवश्यक जग्गा र सुरुवाती लगानी सुनिश्चित भइसकेको समेत बताए । उनले सन् २०२४ देखि नै भवन निर्माण सुरु हुने बताए । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर क्यान्सर उपचार केन्द्र भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा वाइपी सिंहले हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल भवन सुरु गरिएको बताए। सन् २०१८ देखि सञ्चालनमा रहेको २५ शय्याको क्यान्सर सेन्टरमा अहिले…
काठमाडाैं : नेकपा एमालेका अधयक्षा केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैं सजग हुनुपर्ने बताएका छन् । मिर्गौला दिवसका अवसरमा बिहीबार समाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले मिर्गौला बिग्रिए जीवन कष्टकर बन्ने भन्दै सचेत हुन आग्रह गरेका हुन् । ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ,’ उनले लेखेका छन्, ‘ प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी…
कैलालीः धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। अहिले भवनमा ‘फिनिसिङ’को काम भइरहेको उनले जानकारी दिए । प्रत्येक प्रदेशमा एक–एकवटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सङ्घीय सरकारको नीति रहेको जनाइएको…
काठमाडौँ : हालसम्म ज्यान जोखिममा परेका छ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५/७६ देखि चालु आव २०८०/८१ को फागुन २८ सम्ममा सो सङ्ख्यामा गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उक्त परियोजनाअन्तर्गत हवाई उद्धार गरिएको हो । महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयन गर्न, नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरीको अवस्था,…
काठमाडौं : आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउँदै आइएको छ । यस वर्ष लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले बिहान रत्नपार्क, शान्ति बाटिका बाट मिर्गौला पदयात्राको सुरुवात गर्दैछन् । उक्त पदयात्रा दशरथ रङ्गशालामा पुगेर प्रत्यारोपित र अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ । प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गरेको तथ्यांकले देखाउँछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको…

