काठमाडाैं : कुमारी बैंकका कर्मचारी र सेवाग्राहीले काठमाडौं क्यान्सर सेन्टरबाट विशेष सहुलियत पाउने भएका छन् । काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंकबीच बैंकका सबै कर्मचारीहरु र परिवारका सदस्यहरू (आमाबाबु, पति/पत्नी, छोराछोरी), खातावालाहरू, डेबिट/क्रेडिट कार्डहोल्डरहरू र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई सदस्यता छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र कुमारी बैंकको तर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्ण कुमारी केसीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्नेछ ।