Aricle Tech

कैलाली : कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु पाँच करोड विनियोजन गरिएको थियो । तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो । सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि…

विस्तृतमा...

चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए ।र उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको डा. ज्ञवालीले बताएका छन् ।

विस्तृतमा...

काठमाडाैं : नेपाल औषधि व्यवसायी संघ काठमाडौं अध्यक्षमा शंकर महर्जन चयन भएका छन् । जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनबाट उनी चयन भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर कार्की, उपाध्यक्ष (आयात/थोक) सञ्जय श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) प्रकाश न्यौपाने, महासचिव शुभ मान श्रेष्ठ, कोषाध्यक् अमृत ज्ञवाली, सचिव सञ्जीव प्रजापती, उपकोषाध्यक्ष विज्ञ राजभण्डारी चयन भएका छन् । सदस्यहरुमा विनेश रिमाल, सविन सिग्देल, विष्णु प्रसाद वस्ती ,  रेणु योञ्जन, ठाकुर तिमिल्सिना चयन भएका छन् । 

विस्तृतमा...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । आज विस्तार भएको मन्त्रिपरिषदमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र नवलकिशोर साह वन मन्त्री बनेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले यादव र साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९/८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् । महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी…

विस्तृतमा...

विराटनगर : मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ सुन्दरहरैचा-१० का एक जना बिरामीको केही दिन अगाडि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोबेलको कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले बिरामीको पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेको हो । उनमा करिब चार पाँच महिना अगाडि देखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुने भए पछि विभिन्न स्थानमा उपचार गराउँदा ग्यास्ट्रिकको औषधी सुरु भएको थियो । तर समस्या समाधान नभए पछि उनी नोबेल शिक्षण अस्पताल आएका थिए ।…

विस्तृतमा...

कास्की : पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ । विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए । कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे…

विस्तृतमा...

चितवन : नेपाल फार्मेसी संघको आयोजना चितवनमा फर्मा एक्स्पो भित्र औषधी बारे ‘प्यानल डिस्कसन’ भएको छ । शुक्रवार साँझ चितवनमा आयोजित सो कार्यक्रममा औषधी उत्पादन, गुणस्तर, बिक्रीवितरण देखि बिरामीको उपचारसम्म जोडिएका समग्र विषयमा छलफल गरिएको संघका चितवन शाखा अध्यक्ष सुशील सिग्देलले जानकारी दिए । कार्यक्रममा उत्पादक, थोक वितरक र क्लिनिकल गरी ३ वटा प्यानलमा विभाजन गरेर छलफल गरिएको थियो । कार्यक्रममा औषधी र स्वास्थ्य क्षेत्रमा रहेका केही मुख्य नीतिगत समस्या, विषयगत समस्या, चुनौती र समाधानहरू बारे छलफल केन्द्रित भएको थियो । सबैको साझा पहलबाट औषधी उत्पादन, त्यसको गुणस्तर, विक्री वितरणमा र बिरामीसम्म पुर्याउदा देखा परेका समस्याहरूको समाधान गरी “गुणस्तरीय स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं : कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर सासूको ज्यान बचाएका हुन् । गत फागुन २१ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजोको गम्भीर समस्याबाट ग्रसित ६५ वर्षीया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ज्वाइँ ४५ वर्षीय श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् । २१ गते सोमबार केन्द्रले कलेजोको २२ औँ प्रत्यारोपण गरेको थियो । केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सो प्रत्यारोपण गरेको थियो । कलेजो दान लिने सासू र दान दिने ज्वाइँ दुवैको स्वास्थ्य अवस्था…

विस्तृतमा...

धनगढीः धनगढी उप महानगरपालिका–५ मा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा आजबाट निसर्ग डेन्टल एण्ड म्याग्जिलोफेसिएल युनिटको उद्घाटन गरिएको छ । हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीले संयुक्त रुपमा रिवन काटेर उद्घाटनगरे संगै क्लिनिकले औपचारिक रुपमा सेवा सुरु गरेको हो। अध्यक्ष पन्तले दाँतको उपचार शरिरका अन्य अंगहरुको जस्तै महत्वपूर्ण रहेकाले निसर्ग डेन्टलको स्थापना गरिएको बताए । क्लिनिकमा दाँत खोल्ने, दाँत लगाउने, दाँत सफा गर्ने, स्वास गन्हाउने, दाँतमा किरा लागेको दाँतमा सिमेन्ट चाँदी भर्ने, नमिलेको बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको जरै देखि उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत लगाउने, दाँत एक्सरे गर्ने लगायत विभिन्न दाँत सम्बन्धी समस्याको…

विस्तृतमा...