

काठमाडाैं : काठमाडौं महानगरपालिकाले १ फागुनदेखि सुरु गरेको लक्षित वर्ग निःशुल्क उपचारअन्तर्गत २६ फागुनसम्म ११ जनाले सेवा लिएका छन् । जसमध्ये पाँचजना उपचारपछि डिस्चार्ज भइसकेको महानगरपालिकाले जनाएको छ ।
महानगरका जनस्वास्थ्य निरीक्षक घनेन्द्र श्रेष्ठका अनुसार कालीकोटको रासकोट नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका, धादिङको ज्वालामुखी गाउँपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका, चितवनको भरतपुर महानगरपालिकाका सेवाग्राहीले यसअन्तर्गत सेवा लिएका छन् ।
सेवाग्राहीलाई काठमाडौं मोडेल अस्पताल, पिपुल्स कलेज एन्ड डेन्टल हस्पिटल, नेसनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाडौं हस्पिटलले सेवा दिएका छन् ।
प्रणालीमा ५२ वटा अस्पताल आवद्ध छन् । यसमा ३७४ शड्ढया निःशुल्क उपचारका लागि उपलब्ध छन् । विपन्न, असहाय र वेवारिसेका लागि निःशुल्क उपचार सेवा ल्याइएकाे हाे ।
महानगरले निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, ०८० अनुसार महानगरपालिकाभित्रका अस्पतालहरूलाई पत्र पठाएको थियो । सेवा व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।