Aricle Tech

काठमाडौँ : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताए । यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई…

विस्तृतमा...

खजुरा : बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएको छ । पछिल्लो समय त्यहाँ औलोका बिरामी बृद्धिभएपछि उच्च सतर्कता समेत अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिइन् । यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उनले बताइन् । उनका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आव २०८०/०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच /पाँच जना,…

विस्तृतमा...

बारा : बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ रहेका छन् । सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेको भनाई छ ।

विस्तृतमा...

विराटनगर स् नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग र फाकफोक थुम गाउँपालिका वडा नं. ७, इलामको आयोजनामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । फाल्गुण २५ र २६ गते सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय बढी बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए । संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको अगुवाइमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विभिन्न संघ संस्थाहरूको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गर्दै आएको छ । यसै क्रममा इलामको फाकफोक थुम गाँउपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, बाल रोग, जेनेरल सर्जरी, हाड जोर्नी तथा नशा रोग, छाला…

विस्तृतमा...

काठमाडौं । चितवनमा सञ्चालन भएको नवौं संस्करणको फर्मा एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा ६ हजारभन्दा धेरै पेशाकर्मीले अवलोकन गरेको औषधि उत्पादक संघले जनाएको छ । छैटौं फर्मा एक्स्पोसम्म काठमाण्डौमा आयोजना गरिएपनि ७ औं, ८ औं र ९ औं एक्स्पो मेडिकल सिटी चितवनमा आयोजना गरिएको हो । एक्स्पोलाई चितवनमा गर्न पहल गर्ने चितवनलाई नै आधार मानेर औषधि उत्पादनमा सक्रिय टाइम फर्मास्युटिकल्सका अध्यक्ष एवं औषधि उत्पादक संघका पूर्व अध्यक्ष नारायण क्षेत्री हुन् । उनले फर्मा एक्स्पोका संस्करणहरुले निरन्तर नेपाली औषधि उत्पादक र पेशाकर्मीको ज्ञानको दायरालाई वृद्धि गरिरहेको बताए । ‘विश्वमा औषधिका नयाँ फर्मुला, डोजेज फर्म, प्याकिंग प्रविधि लगायत थुप्रै आविष्कार र…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिएमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । २४ फागुनमा बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । निजी स्वास्थ्य संस्थामा निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।

विस्तृतमा...

जुम्ला : स्वास्थ्य चौकीमै महिलाका लागि अस्थायी परिवार नियोजनका साधन इम्प्लान्ट सेवा सुरु भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीमा महिलाका लागि परिवार नियोजनाको अस्थायी साधन इम्प्लाण्ट सेवा सुरु भएको स्वास्थ्य चौकी इन्चार्ज सन्तोस बोहराले बताए । यसका लागि तालिम प्राप्त बरिष्ठ अनमी रमिता बोहरा रोकायाले सेवा प्रदान गर्ने गरेकी छन् । यसअघि सो सेवा लिन महिलाले सदरमुकाम सिमकोटमा जानुपर्ने अवस्था थियो ।

विस्तृतमा...

काठमाडौं : नेपालमा बर्सेनि ९० हजारभन्दा धेरै संख्यामा सुरक्षित गर्भपतन हुने गरेको छ । स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक स्वास्थ्य रिपोर्टमा आर्थिक वर्ष २०७९/०८० मा मात्र ९३ हजार ४६३ वटा गर्भतन भएको उल्लेख छ । यो संख्या आर्थिक वर्ष २०७८/०७९ मा ९० हजार ७३३ थियो । पछिल्लो वर्षमा सेवा लिने ९३ हजारमध्ये ७० प्रतिशतले मेडिकल (औषधिको प्रयोग)मार्फत गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ । बाँकी ३० प्रतिशतले सर्जिकल (औजारको प्रयोग)मार्फत गर्भपतन गराएको रिपोर्टमा उल्लेख छ । सुरक्षित गर्भपतन सेवा लिनेमा ६ प्रतिशत भने २० वर्ष मुनिका महिला छन् ।

विस्तृतमा...

काठमाडाैं : यति एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई हवाई टिकट नि:शुल्क दिने भएको छ । यतिले उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएकाे हाे । नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए। निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको…

विस्तृतमा...

बनेपा : आदर्श विद्या मन्दिर स्कुल बनेपाले स्वस्थ जीवनशैली जिउन सीप सिकाइका लागि कक्षा १० देखि १२ सम्मका विद्यार्थी र शिक्षकका लागि तीन दिने योग शिविरको सुरुवात गरेको छ । ‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ आयोजित शिविर फागुन २८ देखि फागुन ३० गतेसम्म एवीएम फुटसलमा सञ्चालन गरिनेछ । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष योगगुरु ग्रोवेन तौजलेले योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जिउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने बताए ।

विस्तृतमा...