

कालिकोट : जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका–८ स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
सोही गाउँपालिका–९ का वडाध्यक्ष नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेदित शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिए पछि प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरी प्रहरी हिरासतमा राखेको हो ।
जनप्रतिनिधिमाथि नै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिए ।
यता आरोपित बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन् ।