काठमाडौँ : काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरको आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६३ बिरामीको निःशुल्क उपचार गरिएको छ । बिरामीमध्ये ८७ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण र ९६ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै, २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका…
Aricle Tech
काठमाडाैं : ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो । टोलवासी समेत रहनुभएका ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम औपचारिक उद्घाटन गरेका थिए । शिविरमा सहकारीका बचतकर्ता सदस्यहरु र स्थानीय वासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् । बत्तिसवटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको कामपाले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ मा कार्यक्रम सञ्चालन भएको थियो । दोस्रो चरणमा वडा नं ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको कामपले जनाएको छ । यही चैत २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दुई…
काठमाडौं- महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित पञ्चकन्या मन्दिर परिसरमा रहेको ८ आना क्षेत्रफल जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सुरु गरिएको छ । बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको तीन तल्ले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले शनिबार विहान संयुक्तरुपमा शिलान्यास गरे । ‘बर्थिङ्ग सेन्टर’को रुपमा समेत विकास गरी दैनिक बहिरङ्ग र प्रयोगशाला सेवा उपलब्ध गराउने गरी स्वास्थ्य चौकी निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष बाबुराजा महर्जनले बताए ।
काठमाडौँ : नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो । किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले याे वर्ष डेङ्गुको संक्रमण भइरहने बताए । डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए । यो लामखुट्टे सफा पानी र १८ डिग्री बढी तापक्रममा सक्रिय हुन्छ । गर्मी र बर्खा सिजनमा बढी सक्रिय हुने गर्दछ ।
विराटनगर : मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ । सिरहाकी २२ वर्षीया चन्द्रीका कुमारी दासकाे हत्या भएकाे प्रहरीले जनाएको छ । उनको शव काेठाको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा पदमा प्राडा. अंकुर साह नियुक्त भएका छन् । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्राडा साहलाई प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहिबार उपकुलपति पदमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा साहले पछिल्लो समय प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साहको निधन भएपछि उनले निमित्तको उपकुलपतिको जिम्मेवारी सम्हालेका हुन् ।
काठमाडौं : धुम्रपान गर्ने बानी स्वास्थ्यका लागि राम्रो मानिँदैन अर्थात यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ । धुम्रपान गर्नाले विभिन्न स्वास्थ्य समस्या हुन्छ, जसले शरीरका विभिन्न अंग जस्तै मुटु, हार्मोन, मेटाबोलिज्मदेखि हाम्रो दिमागलाई समेत प्रभावित गर्छ । धुम्रपान फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारण पनि हो, जसले गर्दा हरेक वर्ष लाखौँ मानिसको अकालमै मृत्यु हुन्छ । वर्तमान समयमा सूर्तिजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष असी लाखभन्दा बढी मानिसले ज्यान गुमाउँछन् भन्ने कुरा विश्व स्वास्थ्य संगठनको अनुमान छ । यो तथ्यांकमा करिव १३ लाख धुम्रपान नगर्ने तर धुवाँको सम्पर्कमा रहने व्यक्ति पनि समावेश छन् । यदि कुनै व्यक्तिले धुम्रपान छाड्न चाहन्छ,…
धनगढी : धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम शुरु भएको छ । युनिसेफ नेपालको सहयोग, उपमहानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम चैत १ गते देखि शुरु भएको हो । तालिमको उद्घाटन सत्रमा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीले ब्यवहार परिवर्तन तालिमले समग्र नगरको स्वास्थ्य सेवाको गुणस्तर वृद्धीमा टेवा पुग्ने बताए । उनले सहभागिहरुलाई सक्रियतापुर्वक सहभागिता जनाउन आग्रह गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गरे । उनले तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे । कर्मचारीको क्षमता…
बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज हिमाली गाउँपालिका-१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो । जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्त भएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

