स्वास्थ्य डायरी

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरूमा रेबिज रोगविरुद्ध प्रयोग हुने सुइँको चरम अभाव भएको छ । नियमित आपूर्ति हुन नसक्दा विशेषगरी तराईका जिल्लास्थित सरकारी अस्पतालहरूमा रेबिज सुइँको संकट देखिएको हो । नेपाल सरकारले सरकारी अस्पतालमार्फत रेबिजविरुद्धको सुइँ निःशुल्क उपलब्ध गराउँदै आए पनि पछिल्लो एक–डेढ सातादेखि प्रदेशका अधिकांश अस्पतालमा उक्त सुइँ उपलब्ध छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले विगत एक सातादेखि अस्पतालमा रेबिजको सुइँ सकिएको जानकारी दिए । यस्तै महाकाली अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टले पनि चार–पाँच दिनदेखि रेबिज सुइँ अभाव रहेको बताए । गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत सञ्चालित शिक्षण अस्पतालमा पनि रेबिज सुइँ उपलब्ध छैन…

विस्तृतमा...

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आवासीय चिकित्सकहरूलाई नियमविपरीत अत्यधिक समयसम्म ड्युटीमा खटाइँदा गम्भीर मानसिक तथा शारीरिक समस्या देखिएको भन्दै सम्बन्धित विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरूको ध्यानाकर्षण गराएको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा विभिन्न शिक्षण संस्थामा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकलाई लगातार २४ देखि ३६ घण्टाभन्दा बढी ड्युटीमा खटाइने गरिएको गुनासो प्राप्त भएको जनाएको छ । काउन्सिलका अनुसार अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूमा गम्भीर शारीरिक थकान, मानसिक तनाव, अवसाद तथा आत्महत्यासम्बन्धी सोचसम्मका समस्या देखिन थालेका छन् । विज्ञप्तिमा कतिपय शिक्षण संस्थाले पर्याप्त विश्रामको व्यवस्था नगरी लगातार लामो समयसम्म ड्युटीमा खटाउने गरेको पाइएको उल्लेख गरिएको छ । यसप्रति नेपाल मेडिकल काउन्सिलले…

विस्तृतमा...

काठमाडौं- बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले अत्याधुनिक प्रविधिसहितको डिजिटल डेन्टिस्ट्री सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित विशेष कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईंले रिवन काटेर सेन्टरको औपचारिक उद्घाटन गरे । केडीसीले ‘हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन’सहितको डिजिटल प्रणालीमार्फत दाँतको इम्प्लान्ट, क्राउन, ब्रिज, भिनियर तथा अन्य दन्त संरचना छिटो र सटीक रूपमा निर्माण गर्ने जनाएको छ । नयाँ प्रणाली ‘कम्प्युटर एडेड डिजाइन तथा म्यानुफ्याक्चरिङ (क्याड/क्याम)’ प्रविधिमा आधारित रहेको अस्पतालले जानकारी दिएको छ । यसअघि प्रयोग हुँदै आएको परम्परागत इम्प्रेसन विधिमा बिरामीले असहज अनुभव गर्नुपर्ने र समय पनि बढी लाग्ने समस्या थियो…

विस्तृतमा...

काठमाडौं – नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ को अभाव भइरहेका बेला ८०० भाइल औषधि नेपाल भित्राइएको छ । नेपाल औषधि आयातकर्ता संघको पहलमा बंगलादेशबाट उक्त औषधि आयात गरिएको हो । संघका अध्यक्ष पवन आचार्यका अनुसार सरकारलाई गरिएको प्रतिबद्धताअनुसार आयातकर्ता अबुल हुशेन अन्सारीसँग समन्वय गरेर कार्बोप्लाटिन नेपाल ल्याइएको हो । उनले देशभर औषधिको चरम अभाव देखिएको अवस्थामा अल्पकालीन समाधानका रूपमा तत्काल औषधि भित्राइएको बताए । अध्यक्ष आचार्यका अनुसार ल्याइएका औषधि आवश्यकताका आधारमा विभिन्न अस्पताल तथा बिरामीलाई वितरण गरिनेछ । यसअघि नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ तथा केही सलाइनको अभाव भएपछि बिरामीको उपचार प्रभावित हुने जोखिम बढेको…

विस्तृतमा...

उदयपुर- त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् । छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताए। तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि…

विस्तृतमा...

चितवन- ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ) विशेषज्ञहरुले बताएका छन्। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिए। उनले भने, ‘पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ। अर्थात् पुरुषमा पाँचदेखि आठ प्रतिशत हाराहारीलाई मात्रै हाइपर थाइरोडिजम (उच्च थाइराइड) को समस्या हुन्छ।’ उनले घाँटीको अगाडि तलपट्टि हुने सानो ग्रन्थीलाई थाइराइड भनिने बताउँदै यसमा दुई वटा भाग हुने जानकारी दिए। उनले भने, ‘यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ। यो हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ।’ थाइराइड हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि…

विस्तृतमा...

गुल्मी- चार पटक म्याद थप गरिसक्दा पनि गुल्मी अस्पताल तम्घासको नयाँ भवन निर्माणले पूर्णता पाउन सकेको छैन । निर्माण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि भवन अधुरै रहेपछि अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ । २०७८ असार १८ गते स्वच्छन्दरबानियाँ जेभी, मकवानपुरसँग अस्पताल भवन निर्माणको सम्झौता गरिएको थियो । भ्याटबाहेक २५ करोड ९४ लाख रुपैयाँ लागत रहेको उक्त योजनाको काम अझै सम्पन्न हुन सकेको छैन । सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर अभिषेक अधिकारीका अनुसार हालसम्म भवन निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र आर्थिक प्रगति ७६ दशमलव ५ प्रतिशत पुगेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०८० असार १७…

विस्तृतमा...

दाङ- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन । बिरामीको चापलाई मध्येनजर गरी १४१ शय्या सञ्चालनमा छ । यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो । उक्त ओएनएम चार वर्षपछि पुनःअस्पतालमा फिर्ता आएको अस्पतालका प्रशासन प्रमुख हुकुमबहादुर वलीले जानकारी दिए । “बिरामीको चाप धेरै छ, हामीले शय्या बढाएर सेवा दिइरहेका छौँ”, उनले भने, “चार वर्षदेखि हाम्रो ओएमएन सर्वेमा कुनै चासो नहुँदा समस्या भएको हो…

विस्तृतमा...

काठमाडौं – अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्वास्थ्य निकायहरू चिन्तित बनेका छन् । विशेषगरी देशको पूर्वी क्षेत्रमा संक्रमणले गम्भीर रूप लिएको बताइएको छ । कंगो सरकारले सार्वजनिक गरेको विवरणअनुसार इबोला संक्रमणका सम्भावित केसहरूको संख्या ९०० नाघेको छ । एबीसी न्युजका अनुसार हालसम्म ९०४ वटा सम्भावित संक्रमणका घटना पुष्टि भएका छन् । संक्रमणका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको जनाइएको छ । यसअघि सार्वजनिक विवरणमा ७०० भन्दा बढी संक्रमित र १७० भन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको थियो । निरन्तर बढ्दो संक्रमण र मृत्युदरले अन्तर्राष्ट्रिय स्वास्थ्य एजेन्सीहरूको चिन्ता थप बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले…

विस्तृतमा...

काठमाडौं- नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ तथा केही सलाइनहरूको अभाव देखिएको छ । औषधि अभावका कारण क्यान्सर बिरामीको उपचार प्रभावित हुने जोखिम बढेपछि सरोकारवाला निकायहरू तत्काल आपूर्ति सहज बनाउन सक्रिय भएका छन् । नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार शुक्रबार स्वास्थ्य सचिव विकास देवकोटाको उपस्थितिमा बसेको बैठकमा औषधि अभावको अवस्था र समाधानबारे विस्तृत छलफल भएको थियो । छलफलपछि तत्काल आपूर्ति व्यवस्थापन गर्न विभिन्न संयन्त्र परिचालन गरिएको उनले बताए । उनका अनुसार अस्पतालहरूमा औषधि समानुपातिक रूपमा वितरण गर्ने तयारी भइरहेको छ ताकि कुनै पनि स्थानमा अत्यधिक स्टक नहोस् र कुनै अस्पतालमा अभाव नहोस् भन्ने सुनिश्चित…

विस्तृतमा...