स्वास्थ्य डायरी

काठमाडौं- सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको जनाउँदै स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेकका सबै बीमा सेवा निजी अस्पतालमा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बिहीबार जारी गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द रहनेछन्। उक्त निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको जनाएको छ। यस निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौँ निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएका छन्। बोर्डले भने आकस्मिक…

विस्तृतमा...

चितवन – समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नागरिकलाई रोगमुक्त र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–१० मा ‘निरोगी टोल अभियान–२०८३’ सुरु गरिएको छ । ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ भन्ने मूल नारासहित अन्तर टोल फिजियोथेरापी प्रशिक्षण तथा उपचार शिविर सञ्चालन गर्ने लक्ष्यका साथ बुधबार अभियानको औपचारिक शुभारम्भ गरिएको हो । भरतपुर–१० अन्तर्गतका शान्ति इन्द्रेणी टोल विकास संस्था र ऊँ शान्ति टोल विकास संस्थाको संयुक्त पहलमा सुरु गरिएको अभियानको पहिलो कार्यक्रम दोभान पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो । श्री पुष्पाञ्जली अस्पताल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको अभियानको संयोजन वडा सदस्य रेशमराज थापा…

विस्तृतमा...

काठमाडौं – अटोइम्युन रोगहरूको उपचारमा प्रयोग हुने ‘टोफासिटिनिब’ ट्याबलेटको बजार मूल्यमा अत्यधिक अन्तर देखिएपछि औषधि व्यवस्था विभागले चासो व्यक्त गरेको छ । विभागले जारी गरेको पत्रमार्फत एलोपेथिक औषधिका सम्पूर्ण आयातकर्ता तथा स्वदेशी उत्पादक कम्पनीहरूलाई एउटै जेनेरिक नाम र समान क्षमता भएका विभिन्न ब्रान्डका औषधिको मूल्यमा देखिएको अस्वाभाविक अन्तरबारे आवश्यक समीक्षा गर्न निर्देशन दिएको हो । विभागका अनुसार एउटै क्षमता भएको टोफासिटिनिब ट्याबलेटको १० वटा चक्कीमध्ये एक कम्पनीको मूल्य २९० रुपैयाँ रहेको छ भने अर्को कम्पनीको मूल्य ७०० रुपैयाँसम्म पुगेको पाइएको छ । अर्थात् एउटै रोगको उपचारमा प्रयोग हुने औषधिमा ४१० रुपैयाँसम्मको मूल्य अन्तर देखिएको हो । विभागकी निमित्त महानिर्देशक शिवानी…

विस्तृतमा...

काठमाडौं । नेपाल क्लिनिकल प्याथोलोजिष्ट संघ (एसीपिएन) ले कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै जेठ ११ गते कटारी अस्पतालमा कार्यरत डा. साहमाथि भएको घटनालाई निन्दनीय तथा आपराधिक कार्यको संज्ञा दिएको हो । एसीपीएनका महासचिव डा. रोजन घिमिरेद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा इमान्दारितापूर्वक खटिएका स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार अस्वीकार्य भएको उल्लेख गरिएको छ । संघले घटनामा संलग्न दोषीहरूमाथि अविलम्ब कानुनी कारबाही गर्न तथा स्वास्थ्यकर्मीले सुरक्षित र त्रासरहित वातावरणमा सेवा प्रवाह गर्न पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । यस्तै, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित…

विस्तृतमा...

काठमाडौं- धेरैजसो मानिसले मधुमेहलाई रगतमा चिनीको मात्रा बढ्ने सामान्य रोगका रूपमा मात्रै बुझ्ने गर्छन् । तर, यो शरीरका विभिन्न अंगमा गम्भीर असर गर्ने जटिल समस्या भएको चिकित्सकहरू बताउँछन् । विशेषगरी मधुमेहले दिमाग, नशा तथा स्नायु प्रणालीमा गहिरो असर पार्न सक्ने भएकाले यसलाई समयमै नियन्त्रणमा राख्न आवश्यक रहेको वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. घनश्याम खरेल बताउँछन् । उनका अनुसार मधुमेहका कारण शरीरका साना तथा ठूला रक्तनलीहरू प्रभावित हुन्छन् । दिमागमा जाने रक्तनली साँघुरो वा अवरुद्ध हुँदा पर्याप्त रगत र अक्सिजन पुग्न सक्दैन । यस्तो अवस्था लामो समय रहँदा स्ट्रोक, पक्षघात तथा स्मरणशक्ति कमजोर हुने समस्या देखिन सक्छ । “धेरै बिरामीमा एकाएक चक्कर…

विस्तृतमा...

काठमाडाैं- चिकित्सा शिक्षा आयोगमा उपाध्यक्षको जिम्मेवारी डा श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा गिरीलाई जिम्मेवारी दिएका हुन्। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झा लगायतका पदाधिकारी पदमुक्त भएका थिए। आयोगको स्थापना भएपछि पहिलो उपाध्यक्ष रहेका उनले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए।

विस्तृतमा...

काठमाडौं- काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्डफ्लु रोग पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा उच्च सङ्क्रामक एच–फाइभ एन–वान प्रकारको एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु रोग पुष्टि भएको हो । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा, दाना लगायत संक्रमण फैलाउन सक्ने अन्य सामग्री नष्ट गर्ने, सुरक्षित रूपमा व्यवस्थापन गर्ने तथा निसंक्रमण गर्ने कार्य जारी रहेको जनाइएको छ । नगरपालिकाले बर्डफ्लु पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त रोग भएकाले सम्पूर्ण सर्वसाधारण र सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सूचनामा पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारीसाधन प्रवेश गर्न नदिन,…

विस्तृतमा...

काठमाडौं- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/ एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भने, “विद्यावाधि तह डिएम/एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भएको छ । अब छिट्टै पठनपाठन थालनी हुने छ ।” संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम (एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रम) सञ्चालित छन् भने स्नातकोत्तर तह एमडी /एमएसतर्फ १८ विषय तथा एएनतर्फ विभिन्न पाँच विषयको…

विस्तृतमा...

चितवन – नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा १०० हाराहारी औषधि उद्योग छन् । तीमध्ये १० बन्द भइसकेको र बाँकी ५० बन्द हुने अवस्थामा रहेको उद्योगीहरुले जनाएका छन् । सञ्चालनमा रहेका उद्योगसमेत ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएको जनाउँदै सरकारलाई उद्योग बचाउन आग्रह गरेका छन् । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का पूर्वकेन्द्रीय अध्यक्ष…

विस्तृतमा...

दाङ- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्कमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । चालू आर्थिक वर्षको एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राडा वसन्त लामिछानेको नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान गरिँदै आएको छ । आमा सुरक्षा कार्यक्रम निःशुल्क रूपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राडा सुरेश रसाइलीले प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवा लिन आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताए । प्रतिष्ठानले दिएको…

विस्तृतमा...