कैलाली- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २८ वैशाखमा लम्कीचुहा अस्पताल सञ्चालनका लागि डाक्टरसहित तीन जना कर्मचारी खटाए पनि उनीहरूलाई हाजिर हुन नदिइएको घटनाले विवाद चर्किएको छ । जनशक्ति व्यवस्थापन र समन्वयको अभाव देखाउँदै कर्मचारीलाई काम गर्न अवरोध गरिएको आरोप लागेको हो । अवरोधमा लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही स्वयं सहभागी भएको आरोपसमेत सार्वजनिक भएको छ । अस्पताल नगरपालिकाको मातहतमा रहेको दाबी गर्दै मेयर शाहीले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव, लेखा अधिकृत गणेश विष्ट र जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठलाई हाजिर हुन नदिएको बताइएको छ । साथै, लेखा अधिकृत र जनस्वास्थ्य निरीक्षकलाई दुव्र्यवहार गर्दै कार्यकक्षबाट बाहिर निकालिएको आरोप पनि मेयरमाथि लागेको…
स्वास्थ्य डायरी
काठमाडौं – नेकपा एमालेले आफ्ना शीर्ष नेताहरूको वैदेशिक उपचारका नाममा राज्य कोषबाट लिइएको झण्डै चार करोड रुपैयाँ फिर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइरहेका बेला एमालेले उक्त रकम राज्यको राजस्व खातामा दाखिला गरेको हो । अख्तियार र अर्थ मन्त्रालय स्रोतका अनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालको वैदेशिक उपचारका नाममा लिइएको रकम फिर्ता गरिएको हो । कुल ३ करोड ९० लाख रुपैयाँमध्ये ओलीका नाममा खर्च भएको २ करोड ३९ लाख, खनालको ८१ लाख र यादवको ७० लाख रुपैयाँ एमालेले फिर्ता गरेको स्रोतले जनाएको छ । जनस्वास्थ्य ऐन, २०७५ विपरीत विदेशमा…
भक्तपुर- भक्तपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकनमा देशभरिका अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ । ‘सेकेन्डरी बी’ तहबाट स्तरोन्नति भई ‘सेकेन्डरी ए’ तहमा रहेका १०० देखि ३०० शय्यासम्मका देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको अस्पतालका निमित्त निर्देशक सुरेन्द्र भट्टले जानकारी दिए । बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयद्वारा गत जेठ ५ र ६ गते विज्ञसहितको टोलीमार्फत गरिएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरिएको हो । मूल्यांकन समितिले भक्तपुर अस्पतालमै आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गर्दै अस्पतालले ९३ प्रतिशत अंक प्राप्त गरेको जनाएको छ । यससँगै भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट ‘सेकेन्डरी ए’ अस्पताल घोषित भएको हो । गत…
पाल्पा – जङ्गली च्याउ खाँदा रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ। जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) भिमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो। “गत शुक्रबार नजिकैको जङ्गलबाट उहाँहरूसहित तीन जनाले च्याउ ल्याएर खानु भएको रहेछ । शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो”, डीएसपी भट्टराईले भने, “उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो ।” च्याउ खाई…
सिरहा – यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्र गतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । नगरपालिका र निर्माण व्यवसायीबिच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्रै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा छ । तर, उक्त अस्पतालमा सिरहाका मात्र नभई छिमेकी जिल्ला सप्तरी र उदयपुरसम्मका नागरिक उपचारका लागि आउने गरेका छन् । तीनवटा जिल्लाको साझा उपचार केन्द्रजस्तो बनेकाले प्रादेशिक अस्पतालमा…
काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले आफ्नो व्यावसायिक आचरण तथा स्वास्थ्य समितिमा दर्ता हुने उजुरी र विशिष्टीकृत विषयहरूमा निष्पक्ष एवं वैज्ञानिक राय प्राप्त गर्नका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार्ने भएको छ । काउन्सिलले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ र पारदर्शी प्रणालीमार्फत विज्ञहरूको परिचालन गर्न स्वचालित ‘र्यान्डम सेलेक्सन’ नीति अवलम्बन गरेको जानकारी दिँदै योग्य विशेषज्ञहरूलाई आवेदनका लागि आह्वान गरेको हो । विज्ञ सूचीमा आबद्ध हुनका लागि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको र कुनै पनि नैतिक वा व्यावसायिक आचरण उल्लंघन सम्बन्धी कारबाहीमा नपरेको हुनुपर्नेछ । साथै, सम्बन्धित विधामा एमडी, एमएस वा एमडीएस वा सो सरहको विशेषज्ञ उपाधि प्राप्त गरेपछि…
काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ। स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताइन्। भेटमा महानिर्देशक डा.टेड्रोसेले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले जानकारी दिए। मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा गएकी हुन्।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ‘डा.’ उपाधिको गैरकानुनी प्रयोग तथा भ्रामक चिकित्सा प्रचारप्रसारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । काउन्सिलले बिहीबार जारी गरेको अत्यावश्यक सूचनामार्फत चिकित्सकको मान्यता नलिएका व्यक्तिले नामअघि ‘डा.’ उपाधि प्रयोग गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको हो । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित स्वास्थ्य परिषद्मा विधिवत् दर्ता भई चिकित्सकको मान्यता प्राप्त गरेका व्यक्तिबाहेक अन्य कसैले “डा.” उपाधि प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ । काउन्सिलका अनुसार पछिल्लो समय केही अस्पताल, निजी क्लिनिक, स्वास्थ्य परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैरचिकित्सक व्यक्तिहरूले ‘डा.’ उपाधि प्रयोग गर्दै बिरामी जाँच्ने, औषधि सिफारिस…
काठमाडौं– नेपाल औषधि उत्पादक संघले औषधि उत्पादन क्षेत्रसँग सम्बन्धित विविध आयाम समेटिएका ‘नेपाल फर्मा इनसाइट’ प्रकाशन सुरु गरेको छ । संघकी क्वालिटी कन्ट्रोल प्रमुख प्रशंसा श्रेष्ठका अनुसार देश–विदेशमा भइरहेका अनुसन्धान, अध्ययन तथा विभिन्न क्षेत्रका अनुभवहरू प्रायः साझा हुन नपाउने अवस्थालाई मध्यनजर गर्दै उक्त प्रकाशन सुरु गरिएको हो । उनले ‘नेपाल फर्मा इनसाइट’मार्फत यस्ता सामग्री समेटेर फर्मा क्षेत्रका सरोकारवालालाई नियमित रूपमा डिजिटल स्वरुपमा अपडेट गराउने उद्देश्य रहेको बताइन् । संघका अध्यक्ष विप्लव अधिकारीका अनुसार यो प्लेटफर्मलाई विस्तार गर्दै भविष्यमा नेपालकै औषधि क्षेत्रको महत्वपूर्ण जर्नलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । उनले यसलाई निरन्तर अपडेट र विस्तारित ज्ञानमूलक माध्यमका रूपमा अघि…
काठमाडौं – औषधि व्यवस्था विभागले औषधिको नाममा भइरहेका भ्रामक, अप्रमाणित तथा कपोलकल्पित विज्ञापन नियन्त्रण गर्न विज्ञापन बोर्डलाई आग्रह गरेको छ । विभागले बिहीबार विज्ञापन बोर्डलाई पत्र पठाउँदै विभिन्न सञ्चार माध्यम, अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत औषधिको नाममा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विभागका अनुसार यस्ता विज्ञापनले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जोखिम देखिएको छ । विभागले यसअघि पनि यस्ता कार्य नगर्न पटक–पटक सार्वजनिक सूचना जारी गरिसकेको जनाएको छ । पत्रमा औषधि ऐन, २०३५ तथा औषधि दर्ता नियमावली, २०३८ अनुसार औषधि व्यवस्था विभागबाट स्वीकृति नलिई कुनै पनि औषधिको विज्ञापन प्रकाशन, प्रसारण वा…

