दैलेख – संघीय सरकारले अस्पताल नभएका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७७/७८ मा ५, १० र १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। तर घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि दैलेखको आठबिस नगरपालिकास्थित १५ शय्याको आधारभूत अस्पताल आवश्यक जनशक्ति, उपकरण र बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन। आठबिस नगरपालिका–४ राकम कर्णालीमा निर्माण गरिएको अस्पताल भवन तयार भइसके पनि सेवा सञ्चालन हुन नसक्दा स्थानीयवासीले अपेक्षित स्वास्थ्य सुविधा पाउन सकेका छैनन्। संघीय सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लालाई दिएको थियो। तर प्रतिष्ठानमा…
स्वास्थ्य डायरी
सुर्खेत- कर्णाली प्रदेशसहित नेपालभर मानसिक स्वास्थ्यसम्बन्धी समस्यामध्ये ‘चिन्ता’ र ‘उदासिनता’ सबैभन्दा बढी देखिएको तथ्याङ्क सार्वजनिक भएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी समन्वय बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। बैठकमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माले नेपालमा मानसिक स्वास्थ्य समस्याअन्तर्गत ४० प्रतिशत मानिसमा चिन्ता र २८ प्रतिशतमा उदासिनता देखिएको जानकारी दिए। कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या नेपालकै अवस्थासँग मिल्दोजुल्दो रहेको र चिन्ता तथा उदासिनता सबैभन्दा बढी देखिएको उनले बताए। उनका अनुसार कर्णालीमा मानसिक स्वास्थ्य समस्या वर्षेनी बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७९/८० मा तीन हजार ६८५ जनामा मानसिक स्वास्थ्य समस्या…
काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ। मन्त्रालयले संघीय पुलअन्तर्गत कुल १ हजार ८०८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हाल कायम रहेको ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थपिएपछि कुल स्वीकृत दरबन्दी संख्या १ हजार ८०८ पुगेको हो। स्वीकृत दरबन्दीका आधारमा अब चरणबद्ध रूपमा लोक सेवा आयोगमार्फत खुला पदपूर्ति प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार नयाँ संगठनात्मक संरचनामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दी उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। संघीय…
काठमाडाैं- नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा विनियोजन हुने बजेट र देशमा कार्यरत चिकित्सकहरूको सेवा–सुविधासम्बन्धी विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। संघले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरेको छ। संघका अनुसार स्वास्थ्य कार्यक्रमहरू आवश्यक र निरन्तर प्रकृतिका हुने भएकाले बजेट घटाउने वा सिलिङ तोक्ने कार्यले प्रत्यक्ष रूपमा जनस्वास्थ्य सेवामा नकारात्मक असर पार्ने भएकाले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको छ। नेपाल चिकित्सक संघले चिकित्सकहरूको सेवा–सुविधालाई सम्मान गर्दै उनीहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नुपर्ने तथा नेपाली नागरिकको स्वास्थ्य सेवा पाउने मौलिक अधिकारलाई थप सुरक्षित गर्नुपर्नेमा जोड दिएको छ। संघले प्रेस विज्ञप्तिमार्फत…
काठमाडौं – किष्ट शिक्षण अस्पतालअन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले ‘अंगदाता सम्मान कार्यक्रम’ आयोजना गर्दै २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ । मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याउने अंगदाताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले बुधबार कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ । कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए । कार्यक्रममा उपत्यकाका विभिन्न नगर प्रमुख, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताको उल्लेखनीय उपस्थिति रहेको थियो । किष्ट शिक्षण अस्पतालले विगत पाँच वर्षदेखि निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवा प्रदान गर्दै आएको जनाएको छ । अस्पतालका…
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १८ अर्ब रुपैयाँभन्दा बढी दायित्व भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरणअनुसार हालसम्म ११ अर्ब ५७ करोड ९ लाख २१ हजार रुपैयाँ भुक्तानी गरिएको छ । तर विभिन्न अस्पताल तथा सेवा प्रदायक संस्थालाई दिनुपर्ने थप १८ अर्ब १२ करोड ७२ लाख ९१ हजार ५१७ रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ । लामो समयदेखि अस्पतालहरूले दाबी भुक्तानी नपाएको गुनासो गर्दै आएका बेला बोर्डले दाबी समीक्षा तथा मूल्याङ्कन कार्यलाई तीव्र बनाएको जनाएको छ । अर्थ मन्त्रालयको विशेष स्वीकृतिमा तीन महिनाका लागि…
काठमाडाैं- काठमाडाैंकाे बानेश्वरस्थित निजामती कर्मचारी(सिभिल) अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले मुख्य सचिवसमक्ष राजीनामा दिएका हुन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मी २८ फागुन २०८१ अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । डा. रेग्मीको राजीनामासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रवि प्रकाश शर्मालाई दिएको छ ।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वास्थ्य बीमा सेवा संकुचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । निजी अस्पतालमार्फत सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णयप्रति प्रतिक्रिया दिँदै लिङ्देनले यस्तो निर्णय दुःखद भएको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कुनै पनि बहानामा सर्वसाधारणले पाइरहेको स्वास्थ्य बीमाको सुविधा कटौती गर्न नहुने उल्लेख गरेका छन् । ‘यो वा त्यो बहानामा जनताले प्राप्त गरिरहेको स्वास्थ्य बीमा सुविधालाई संकुचन वा स्थगन गर्ने निर्णय दुःखद हो,’ लिङ्देनले भनेका छन् । उनले अन्य क्षेत्रको खर्च कटौती गरेर भए पनि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्…
सर्लाही- सर्लाहीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका–१ लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरीलाई बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेको थियो। सर्पले टोकेपछि घाइते भएका बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। बालकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा होहल्ला गरेका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको…
काठमाडौं – अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। हाल वयस्क नेपालीमध्ये २४.५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक सार्वजनिक गरिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार अत्यधिक नुन र अस्वस्थकर चिल्लोयुक्त खाना, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण तथा तीव्र सहरीकरणले उच्च रक्तचापको जोखिम बढाइरहेको छ। उनका अनुसार नेपालमा हुने कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। तीमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने मृत्यु २७.३६ प्रतिशत रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १.४ अर्ब…

