काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा स्वास्थ्य विभाग प्रमुख डा. तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर बढाएर कम्तीमा ५० प्रतिशत पुर्याउनुपर्ने माग गरेकी छन् । सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सुधार, सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण तथा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन कडा कर नीति आवश्यक रहेको बताइन् । उनले सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशतसम्म कर वृद्धि गर्नुपर्ने सिफारिस गर्दै हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोग घटाउन प्रभावकारी नहुने जिकिर गरिन् । डा. कार्कीका अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लाग्ने गरेको छ । हाल नेपालमा…
स्वास्थ्य डायरी
काठमाडौं – विश्वभर करोडौँ महिलालाई असर गर्ने ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) अब नयाँ नामबाट चिनिने भएको छ । अब यसलाई ‘पोलिइन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम’ (पीएमओएस) भनिनेछ । यो परिवर्तन हालै प्रतिष्ठित मेडिकल जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित अन्तर्राष्ट्रिय सहमतिपत्रमार्फत घोषणा गरिएको हो । वैज्ञानिकहरूका अनुसार यो केवल नाम परिवर्तन मात्र नभई महिलाको स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमै आएको ठूलो परिवर्तन हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर करिब १० देखि १३ प्रतिशत महिलामा यो समस्या देखिन्छ । अनुमानित १७ करोडभन्दा बढी महिला यसबाट प्रभावित छन् । तर चिन्ताको विषय के छ भने, प्रभावितमध्ये करिब ७० प्रतिशत महिलामा समस्या पहिचान नै हुन सकेको…
चितवन- नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो । सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरु सहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् । अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ । कार्यक्रममा ६० कार्यपत्र र…
काठमाडौं- देशभर गर्मी बढ्दै जाँदा तराईका जिल्लाहरूमा तातो हावा अर्थात् ‘लु’ चल्न सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार लु लाग्दा शरीरको तापक्रम अत्यधिक बढ्ने, हृदयको गति तीव्र हुने तथा श्वासप्रश्वास र रक्तचापमा असर पर्ने समस्या देखिन सक्छ। यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने तथा अत्यधिक टाउको दुख्ने लक्षणसमेत देखिन सक्ने जनाएको छ। मन्त्रालयका अनुसार लु लाग्दा शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी पुग्न सक्छ। यस अवस्थामा छाला सुक्खा, रातो र तातो हुने समस्या पनि देखिने बताइएको छ। ‘लु’ लाग्दाका प्रमुख लक्षण मन्त्रालयले…
काठमाडौं – भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिएिको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । उक्त अस्पताल बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा रहेको छ । शनिबार आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताईन् । अस्पतालका अध्यक्ष एवं वरिष्ठ…
बझाङ- बझाङमा अवैध रूपमा सञ्चालन भइरहेका ६ वटा क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्था सिल गरिएको छ। औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएका तथा मापदण्डविपरीत सेवा दिइरहेका स्वास्थ्य संस्थामाथि जिल्ला प्रशासन कार्यालय बझाङ र औषधी व्यवस्था विभागको संयुक्त टोलीले कारबाही गरेको हो। नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित औषधी तथा स्वास्थ्य सेवामा भइरहेको अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, औषधी व्यवस्था विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा औषधी व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरिएका, म्याद नाघेका औषधी बिक्री वितरण गरिरहेका तथा मेडिकलमा बिक्री गर्न नमिल्ने…
गोरखा– गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेनथापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।’ जिल्लामा पहिलो पटक भीमसेनथापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताए । ‘स्थानीयस्तरमा आधुनिक…
काठमाडौं – नेपाल औषधि आयातकर्ता संघले जीवनरक्षक तथा अत्यावश्यक औषधिहरूको बजारमा देखिएको अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै औषधिको मूल्य समायोजन, भन्सार सहजीकरण तथा आपूर्ति व्यवस्थापनमा सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको छ। संघले स्थापना कालदेखि नै देशको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गर्दै कोभिड–१९ महामारी, २०७२ सालको भूकम्प, सीमा नाकाबन्दी तथा अन्य विभिन्न संकटका समयमा समेत औषधिको आपूर्ति श्रृंखला अवरुद्ध हुन नदिएको उल्लेख गरेको छ। संघका अनुसार जीवनरक्षक, दुर्लभ (रेयर) तथा अनाथ (अर्फन) औषधिहरूको निरन्तर उपलब्धता सुनिश्चित गर्न निरन्तर प्रयास हुँदै आएको छ। संघले जेठ ८ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्राप्त पत्रलाई आधार बनाउँदै क्यान्सर उपचारमा…
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले हाल सञ्चालनमा रहेको मोडालिटीअनुसार स्वास्थ्य बिमा कार्यक्रम दीगो रूपमा सञ्चालन गर्न कठिन भएको बताए । उनले आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी पनि दिए । अर्थमन्त्री वाग्लेका अनुसार गत आर्थिक वर्ष स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि २५ देखि ३० अर्ब रुपैयाँसम्मको खर्च दाबी आएको थियो, जसका कारण भुक्तानी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।…
काठमाडौं- क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को देशव्यापी अभाव भएपछि उपचार सेवा प्रभावित भएको छ । चिकित्सकहरूले यी जीवनरक्षक औषधि अभावले हजारौँ क्यान्सर बिरामीको जीवन जोखिममा परेको बताएका छन् । वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्धा चापागाईंका अनुसार यी औषधि अधिकांश प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने अनिवार्य औषधि हुन् र यसको प्रभावकारी विकल्प छैन । उनले भनिन्, “यी औषधि क्यान्सर निको पार्ने उद्देश्यले गरिने उपचारमा अत्यन्त महत्वपूर्ण छन् । समयमै उपलब्ध नभए बिरामीको रोग तीव्र रूपमा फैलिन सक्छ ।” वीर अस्पतालमा मात्रै दैनिक करिब ४५ जना बिरामीलाई यी औषधि आवश्यक पर्ने बताइएको छ ।…

