स्वास्थ्य डायरी

काठमाडौं ।- टाउको दुख्ने समस्या अधिकांश मानिसले कुनै न कुनै समयमा अनुभव गरेका हुन्छन्। तर टाउको दुख्नासाथ धेरैलाई एउटा डर लाग्ने गर्छ, कतै ब्रेन ट्युमर त होइन ? सामाजिक सञ्जाल र विभिन्न अपुष्ट सूचनाका कारण पनि यसबारे अनेक भ्रम फैलिएका छन्। विशेषज्ञहरू भने टाउको दुख्दैमा ब्रेन ट्युमर भएको निष्कर्षमा पुग्न नहुने बताउँछन्। बीएण्डबी अस्पतालमा कार्यरत सिनिअर कन्सल्टेन्ट न्यूरोसर्जन डा. शिखर श्रेष्ठका अनुसार ब्रेन ट्युमर भन्नासाथ क्यान्सर भन्ने बुझाइ गलत हो। “ट्युमर भनेको शरीरका कोषिकाहरू असामान्य रूपमा वृद्धि भएर बनेको गाँठो वा मासु हो। सबै ब्रेन ट्युमर क्यान्सर हुँदैनन्,” उनले भने। उनका अनुसार केही ट्युमर सौम्य प्रकृतिका हुन्छन् भने केही घातक…

विस्तृतमा...

काठमाडौं – नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार विगत एक वर्षमा मात्र बिरामीको संख्या १५.४ प्रतिशतले वृद्धि भएको हो। केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा २ हजार ६०० जना ब्रेन ट्युमरका बिरामीको उपचार भएको थियो भने वर्ष २०८२ मा यो संख्या बढेर करिब ३ हजार पुगेको छ। सोमबार विश्व ब्रेन ट्युमर दिवसको अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा आयोजित कार्यक्रममा देशभरका २० भन्दा बढी न्यूरो केन्द्रहरूको तथ्याङ्क विश्लेषणका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो। बढ्दो बिरामी संख्याका बीच वीर अस्पतालले यस वर्ष असार १६ गते (जुन महिनाको…

विस्तृतमा...

काठमाडौं- अब निजामती कर्मचारीहरूले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले प्रदान गर्दै आएको स्वास्थ्य उपचार सेवा तथा सहुलियत प्राप्त गर्ने भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा क्रमशः प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुरूप प्रदेश अस्पतालहरूमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको हो। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशमै सेवा विस्तार गरिएको जानकारी दिइन्। मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध…

विस्तृतमा...

काठमाडौं- नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण दैनिक औसत ७३ जनाले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार देशमा हुने प्रत्येक १० मृत्युमध्ये झन्डै दुई जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगसँग सम्बन्धित छ। प्रतिवेदनले नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या निरन्तर बढिरहेको पनि देखाएको छ। सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका निकायले गरेको ‘स्टेप्स सर्वेक्षण’ अनुसार १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका थिए। पछिल्ला अध्ययनहरूले यो दर ३२ प्रतिशतभन्दा माथि पुगेको देखाएका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोगलगायत…

विस्तृतमा...

काठमाडौं- सरकारले आगामी साउन महिनादेखि सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गराउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था तयार पार्ने काम अघि बढाएको जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा समेट्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन बाध्यकारी प्रावधान लागू गर्ने तयारी गरिएको छ। सचिव देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सरकारले उक्त निर्णयतर्फ अघि बढेको बताए। स्वास्थ्य बीमा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षका लागि कार्यक्रमको…

विस्तृतमा...

काठमाडौँ- स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी रु एक अर्ब तीन करोड पठाएपछि स्वास्थ्य बिमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने…

विस्तृतमा...

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ । हालसम्म २० वटा विद्यालय र १० वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उनले बताए । “हामीले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । जेठ महिनामा अभियानका धेरै विद्यार्थी र नागरिकलाई मानसिक स्वास्थ्यबारे जानकारी दिएका…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले तय गरेका शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई केन्द्रमा राखेर काम गरिरहेको बताएकी छन्। आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारका प्राथमिकतामा रहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय सक्रिय रहेको जानकारी दिइन्। उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै पक्ष अझै बाँकी रहेको उल्लेख गर्दै ती विषयलाई योजनाबद्ध रूपमा अघि बढाइने बताइन्। मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवामा देखिएका चुनौतीहरूको समाधानतर्फ आफूहरू केन्द्रित रहेको उनको भनाइ थियो। मन्त्री मेहताले आगामी दिनमा स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्दै नागरिकले गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न मन्त्रालय…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सुधार गर्नका लागि ऐन नै संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन्। आइतवार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। सचिव देवकोटाले स्वास्थ्य बीमा क्षेत्रमा सर्वसाधारणका तर्फबाट देखिएका र सुनिएका गुनासोहरूलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आइसकेको तर्फ जोड दिए। मिडियामा आएका विषय र मन्त्रालयले हालै गरेका निर्णयहरूका आधारमा कतिपय सुधारका कामहरू तुरुन्तै अगाडि बढाउनुपर्ने र यसका लागि नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो। आगामी साउन १ गतेदेखि नै कसरी क्याबिनेट (मन्त्रिपरिषद्) मा प्रस्ताव लगेर यसलाई व्यवस्थित रूपमा अगाडि बढाउने…

विस्तृतमा...

काठमाडौं- विश्व ब्रेन ट्युमर दिवसको अवसरमा बी एन्ड बी अस्पताल अन्तर्गतको न्युरो सेन्टरले विशेष स्वास्थ्य पीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। हरेक वर्ष जुन ८ तारिखका दिन मनाइने दिवसको अवसरमा सेन्टरमा सोमबार बिहान १०:३० बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क ओपीडी तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। कार्यक्रमअन्तर्गत ब्रेन एमआरआई सेवामा १५ प्रतिशत छुट, निःशुल्क परामर्श तथा निःशुल्क फलो-अप सेवाको सुविधा उपलब्ध गराइनेछ। ब्रेन ट्युमरबारे जनचेतना फैलाउने, समयमै परीक्षण र उपचारमा पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका स्नायुरोग विशेषज्ञ डा. शिखर श्रेष्ठले जानकारी दिए । प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सके ब्रेन ट्युमरबाट हुने…

विस्तृतमा...