काठमाडौं – सगरमाथा क्षेत्रमा अत्यन्त कठिन परिस्थितिमा केही दिन बिताएका ५७ वर्षीय हिमाल आरोहण गाइड दावा शेर्पाको सफल उद्धारपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। ह्याम्स अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उद्धारपछि अस्पताल ल्याइएका शेर्पामा गम्भीर निर्जलीकरण (डिहाइड्रेसन), दुवै हातका कान्छी औँलामा ग्रेड–२ फ्रस्टबाइट, दाहिने हातको बुढी औँला र बीचको औँलामा ग्रेड–१ फ्रस्टबाइट तथा दाहिने खुट्टाको तिघ्राको भागमा हड्डी भाँचिएको र मांसपेशीभित्र रगत जमेको समस्या देखिएको छ। हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। फ्रस्टबाइटको उपचारका लागि आइभी इलोप्रोस्ट थेरापी, अक्सिजन, सलाइनमार्फत तरल पदार्थ तथा आवश्यक…
स्वास्थ्य डायरी
कैलाली – कैलालीको उत्तरी पहाडी भूभागमा अवस्थित मोहन्याल गाउँपालिकामा खोप केन्द्र भवनको अभावले मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावित भएको छ। दुर्गम, छरिएको बस्ती र सीमित पूर्वाधारका कारण विकासका सूचकहरूमा पछाडि परेको यो पालिकामा स्वास्थ्य क्षेत्रको एउटा प्रमुख चुनौतीका रूपमा खोप केन्द्र भवन अभाव देखिएको हो। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मोहन्याल गाउँपालिकाको कुल जनसंख्या २१ हजार ८२ रहेको छ। यहाँ एक वर्षमुनिका बालबालिका ३५२, वार्षिक जीवित जन्म ३५६ तथा अनुमानित गर्भवती महिला ४२२ रहेको तथ्यांकले मातृ–शिशु स्वास्थ्य सेवाको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको देखाउँछ। तर स्वास्थ्य सुरक्षाको आधार मानिने खोप सेवा नै पर्याप्त भौतिक पूर्वाधारबिना सञ्चालन भइरहेका छन्। गाउँपालिकाभित्र तीन स्वास्थ्य…
काठमाडौं- स्वास्थ्य तथा खाद्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधि तथा सलाइनको आपूर्ति र खपतसम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई पुनः निर्देशन दिएको छ। विभागले जारी गरेको सूचनाअनुसार नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधि तथा सरकारद्वारा अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको उद्गम मुलुकअनुसारको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आगामी आर्थिक वर्षको अनुमानित आवश्यकता (प्रोजेक्सन प्लान) पेश गर्न भनिएको छ। यसअघि विभागले जेठ १ गते सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो। तर केही पैठारीकर्ताले हालसम्म विवरण नबुझाएकाले पुनः सार्वजनिक सूचना जारी गर्नुपरेको विभागले जनाएको छ।…
काठमाडौं- सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि सरकारी अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। शनिबार र आइतबार ओपीडी सेवा बन्द हुँदा सोमबार अस्पतालहरूमा अत्यधिक भीड हुने गरेको चिकित्सक तथा अस्पताल प्रशासनको भनाइ छ। देशकै पुरानो वीर अस्पतालमा सोमबार अन्य दिनको तुलनामा धेरै बिरामी आउने गरेका छन्। अस्पतालका उपसचिव हरी पंगेनीका अनुसार सामान्यतया दैनिक करिब चार हजार बिरामी आउने भए पनि सोमबार यो संख्या बढेर करिब ४ हजार ३ सय पुग्ने गरेको छ। बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालले टिकटमा लागू गरिएको कोटा प्रणाली हटाएको उनले बताए। पंगेनीका अनुसार निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा सीमित भएपछि वीर अस्पतालमा…
चितवन- भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।” हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ । भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए ।
काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री तथा प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका उपकरण तथा प्रविधि हस्तान्तरण गरेको छ। अस्पतालमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका निर्देशक प्रा. डा. सुवास आचार्यलाई १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँ बराबरका उपकरण तथा प्रविधि हस्तान्तरण गरिन्। महानगरपालिकाका अनुसार अस्पतालमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै सेवा लिन सकिने सुविधासहित १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन उपलब्ध गराइएको छ। साथै, परीक्षण, रिपोर्ट तथा उपचार विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको…
काठमाडौँ- सगरमाथाको माथिल्लो क्षेत्रमा गत जेठ १७ गतेदेखि बेपत्ता भएका अनुभवी हिमाल आरोहण गाइड हिलारी दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। ६ दिनसम्म बेपत्ता भई मृत ठानिएका शेर्पा चमत्कारी रूपमा सगरमाथाको आधार शिविरसम्म घिस्रिएर आइपुगेपछि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। काठमाडौँ ल्याएलगत्तै उनलाई थप र विशिष्टीकृत उपचारका लागि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। अस्पताल आइपुग्ने बित्तिकै उनलाई आकस्मिक कक्षमा राखी विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रारम्भिक जाँच र उपचार सुरु गरिसकेको छ। अस्पताल स्रोतका अनुसार, लामो समय हिउँमा भोकै र अत्यधिक चिसोमा बिताएका कारण उनको स्वास्थ्यमा केही जटिलता देखिए पनि हाल अवस्था स्थिर रहेको र मल्टिडिसिप्लिनरी मेडिकल टोलीको विशेष निगरानीमा…
काठमाडौं- औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएको असहजता र त्यसको समाधानका सम्बन्धमा छलफल भएको छ। छलफलमा क्यान्सरविरुद्धका औषधी तथा इम्युनोसप्रेसन्ट (प्रतिरक्षा प्रणाली कमजोर हुने बिरामीलाई दिइने औषधी) लगायतका जीवनरक्षक औषधिआपूर्ति सम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासा र त्यसको वास्तविक अवस्थाबारे समीक्षा गरिएको थियो। साथै विद्यमान समस्या समाधानका उपायहरूबारे समेत विस्तृत छलफल भएको जनाइएको छ। बैठकमा औषधि आपूर्तिको अनुमति प्राप्त भए पनि आपूर्ति नगर्ने आयातकर्ता वा आपूर्तिकर्ताहरूको अवस्थाबारे के–कस्ता विकल्प अपनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो। त्यस्तै, जीवनरक्षक औषधि आयात गर्ने अनुमति प्राप्त आयातकर्ताहरूको सूची, पछिल्ला तीन वर्षमा ती औषधिहरूको आयात मात्रा, प्रत्येक वर्षको…
ललितपुर- युरोपेली छाला हेरचाह तथा व्यक्तिगत सरसफाइसम्बन्धी उत्पादन उत्पादन गर्ने ब्रान्ड ‘प्योर डर्मा’ ले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। ललितपुरमा आयोजित विशेष समारोह तथा पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन सार्वजनिक गर्दै नेपालमा व्यावसायिक यात्रा सुरु गरेको हो। कार्यक्रममा स्वास्थ्यकर्मी, व्यवसायिक साझेदार, वितरक, सञ्चारकर्मी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीले गुणस्तरीय, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिएका छाला हेरचाह र व्यक्तिगत सरसफाइसम्बन्धी सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यसहित बजारमा प्रवेश गरेको जनाएको छ। कार्यक्रममा ‘प्योर डर्मा नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त तथा तीव्र रूपमा विस्तार भइरहेको छाला हेरचाह बजारका…
काठमाडौं – राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट उनलाई पक्राउ गरेको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई उच्च अदालत पाटनको अनुमति लिएर पक्राउ गरिएको हो। अदालतले गत मंसिर २८ गते नै उनको पक्राउका लागि अनुमति दिएको थियो। पाण्डे त्रिभुवन विश्वविद्यालयअन्तर्गत सन् २००३ मा स्थापना भएको जानकी मेडिकल कलेजका अध्यक्ष हुन्। उक्त शिक्षण संस्था राम जानकी हेल्थ फाउन्डेसनले सञ्चालन गर्दै आएको छ। सीआईबीका अनुसार अनुसन्धानका क्रममा पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्स प्रालि’ नामक कृत्रिम कम्पनी…

